धौलागिरी लघुवित्तले उठायो रू. ५० लाख ८० हजार खराब कर्जा

कात्तिक २४, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले सो अवधिमा रू. ५० लाख ८० हजार खराब कर्जा उठाएको छ । त्यसैगरी खराब कर्जा संकलनमा वृद्धि भएसँगै  कम्पनीको नाफा पनि गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९ दशमलव ४३ गुणा वृद्धि भएको छ ।  गत आवको पहिलो त्रैमासमा रू. ५ लाख ३ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा रू. ९७ लाख ७५ हजार नाफा कमाएको छ । त्यसैगरी, चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्नमा टेवा पुगेको छ । कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ भने जगेडामा रू. ९ करोड ५६ लाख सञ्चित रहेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ६१ करोड ३ लाख सापटि लिएर, रू.५७ करोड ५९ लाख ४० हजार निक्षेप संकलन गरेर रू. १ अर्ब ३८ करोड ८० लाख कर्जा लगानी गरेको छ ।    यो पनि हेर्नुस् : चौथो त्रैमासमा धौलागिरी लघुवित्तको खुद नाफा ३.९ गुणा वृद्धि खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै धौलागिरी लघुवित्तको नाफा ९९ % बढ्यो धौलागिरी लघुवित्तले चौथो त्रैमाससम्ममा कमायो ८८ लाखभन्दा बढी नाफा

सम्बन्धित सामग्री

मल्टीपर्पस फाइनान्सको नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा उल्लेख्य वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ४ लाख १८ हजार नाफा कमाएकोमा चालू आवमा वृद्धि भएर रू. ६५ लाख ८० हजार पुगेको हो ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले कम्पनीको नाफामा वृद्धि भएको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. ४९ लाख ६ हजार रहेकोमा चालू आवमा बढेर रू. १ करोड ९५ लाख पुगेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. ५९ करोड ५९ लाख छ । पहिलो त्रैमाससम्ममा कम्पनीले रिर्जभमा रू. ६ करोड २३ लाख र रिटेन्ड अर्निङमा रू. २९ लाख ३३ हजार सञ्चिति गरेको हो । चालू आवमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३७ पैसा रहेकोमा चालू आवमा बढेर ४ रुपैयाँ ४२ पैसा पुगेको छ । त्यस्तै चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ६३ दशमलव ३९ गुणा र प्रतिशेयर नेटवर्थ रू ११० दशमलव ९५ छ ।  कम्पनीको खराब कर्जा भने गत आवको तुलनामा चालू आवमा केही बढेको छ । गत आवमा कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव २२ प्रतिशत रहेकोमा चालू आवमा बढेर १ दशलमव २२ प्रतिशत पुगेको हो ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

जीवन विकास लघुवित्तले ९ महीनामा कमायो करीब ५८ करोड नाफा

वैशाख २१, काठमाडौं । चालू आर्थिक वर्षको ९ महीनासम्म जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ५७ करोड ७५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।  गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा २ दशमलव ४२ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ५६ करोड ३९ लाखभन्दा बढी थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा भने ७१ दशमलव ६२ प्रतिशत बढी रू. ५० करोड २६ लाखभन्दा बढी भएको छ । गत वर्षभन्दा यस वर्ष खराब कर्जा संकलन ५१ प्रतिशत घटेकाले खुद नाफामा राम्रो वृद्धि हुन नसकेको हो । गत वर्ष रू. ५६ करोड ९६ लाख खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. २७ करोड ८६ लाखभन्दा बढी मात्र यो कर्जा संकलन गरेको हो ।  सम्भावित जोखिम शीर्षकमा पनि यस वर्ष कम्पनीले गत वर्षभन्दा ३३ दशमलव ७६ प्रतिशत कम रू. ३५ करोड २१ लाख मात्र छुट्याएको छ । आईपीओ र ७० प्रतिशत बोनस शेयर मार्फत पूँजी वृद्धि गरी रू. १ अर्ब ३ करोड ४२ लाख ८० हजार कायम गरेको कम्पनीको जगेडा कोष रकम रू. १ अर्ब ३३ करोड ७१ लाखभन्दा बढी रहेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको कर्जा सापटी ३ दशमलव ४९ प्रतिशत कम भएको छ भने कर्जा प्रवाह १३ दशमलव ७३ प्रतिशत बढेको छ । यस वर्ष कम्पनीले रू. ९ अर्ब ८२ करोड ४ लाख कर्जा सापटी लिको हो भने रू. २२ अर्ब ८३ करोड ४७ लाख कर्जा प्रवाह गरेको हो । निक्षेप संकलन भने गत वर्षभन्दा १६ दशमलव ४९ प्रतिशत बढी रू. ९ अर्ब ५४ करोड ८ लाख भएको छ । गत वर्ष शून्य दशमलव ६० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ८३ प्रतिशत कायम भएको छ । कम्पनीको तेस्रो त्रैमाससम्मको प्रतिशेयर आम्दानी रू. ७४ दशमलव ४६ र प्रतिशेयर नेटवर्थ रू. २४७ दशमलव ८९ रहेको छ ।  देशभरका २१ जिल्लाहरुमा १४६ ओटा शाखा कार्यालयमार्फत कम्पनीले ३ लाख २९ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्‍याइरहेको छ ।                                                                  स्रोतः कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण

ग्लोबल आइएमई लघुवित्तले कमायो रू. १४ करोड ७८ लाखभन्दा बढी नाफा

माघ ६, काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू.१४ करोड ७८ लाख ९४ हजार नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २२ प्रतिशत वृद्धि भएको हो ।  कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १२ करोड ९ लाख ८० हजार नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ८ करोड ४० लाख खराब कर्जा उठाएको तथा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्नमा टेवा पुगेको हो ।  चुक्तापूँजी रू. ५५ करोड २५ लाख रहेको उक्त कम्पनीले जगेडामा रू. ३६ करोड ५४ लाख ४४ हजार सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४ अर्ब ६५ करोड १ लाख सापटि लिएर, रू. २ अर्ब ५२ करोड ६३ लाख निक्षेप संकलन गरेर रू. ७ अर्ब ६९ करोड ९० लाख कर्जा लगानी गरेको छ । खराब कर्जा संकलनमा वृद्धि भएसँगै कम्पनीको निष्क्रिय कर्जा घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा ३ दशलमव ४६ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा १ दशमलव ९५ मा झरेको छ ।  त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू.५३ दशमलव ५ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ३४ दशमलव ४७ गुणा, तरलता अनुपात ७ दशमलव ८८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६६ दशमलव १३ रहेको छ ।  यो पनि हेर्नुस् : २८३ % ले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा

खराब कर्जा संकलनमा वृद्धि भएसँगै इन्फिनीटी लघुवित्तको नाफा ११७ % बढ्यो

कात्तिक २६, काठमाडौं । इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अुनसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ११७ प्रतिशत वृद्धि भएको छ ।  गत आवको पहिलो त्रैमासमा रू.२ करोड १८ लाख नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू(४ करोड ७४ लाख ९६ हजार नाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएको र रू. २ करोड ९ लाख २७ हजार खराब कर्जा उठाएकाले नाफा बढ्न टेवा पुगेको हो ।   कम्पनीको चुक्तापूँजी रू. ३२ करोड ४६ लाख रहेको छ भने जगेडामा रू. २७ करोड ९ लाख ८० हजार सञ्चित रहेको छ ।  चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब ८४ करोड २४ लाख सापटि लिएर ,रू. १ अर्ब २३ करोड ७० लाख निक्षेप संकलन गरेर रू. ४ अर्ब २० करोड ८० लाख कर्जा लगानी गरेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. ५८ दशमलव ५३(वार्षिकीकरण),मूल्य आम्दानी अनुपात ३१ दशमलव शून्य १ गुणा र प्रतिशेयर नेटवर्थ रू. १८३ दशमलव ४८ रहेको छ ।    यो पनि हेर्नुस् : चौथो त्रैमासमा इन्फिनीटी लघुवित्तको नाफा १६५ % बढ्यो

चौथो त्रैमासमा उपकार लघुवित्तले उठायो ४९ करोड ७५ लाख खराब कर्जा

साउन २०, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमासमा रू. ४९ करोड ७५ लाख खराब कर्जा उठाएको छ ।  कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा रू. ४ करोड ३८ लाख खराब कर्जा उठाएको थियो ।  कम्पनीको खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफामा पनि वृद्धि भएको छ ।  अघिल्लो आवको चौथो त्रैमासमा रू.४७ लाख ९० हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीले गत आवको सोही अवधिमा वृद्धि भएर रू. ६ करोड १३ लाख २६ हजार पुगेको हो ।  त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ४१ प्रतिशतले वृद्धि भएको  छ ।  चुक्तापूँजी रू. ४ करोड २० लाख रहेको उक्त कम्पनीले जगेडामा रू. १२ करोड ९९ लाख ५८ हजार सञ्चित गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. ७६ करोड ६७ लाख १४ हजार सापटि लिएर, रू. ८० करोड ४ लाख ६४ हजार निक्षेप संकलन गरेर रू. १ अर्ब ६८ करोड ९८ लाख ८० हजार कर्जा लगानी गरेको छ ।

आईपीओ निष्कासनको तयारीमा रहेको मानुषी लघुवित्तले उठायो २ करोड ३३ लाख खराब कर्जा

साउन १०, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमासमा रू. २ करोड ३३ लाख खराब कर्जा संकलन गरेको छ । कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा रू. ४६ लाख ९४ हजार खराब कर्जा उठाएको थियो ।  नाफा भने अघिल्लो आवको तुलनामा गत आवमा ९२ प्रतिशतले कमि आएको छ ।  अघिल्लो आवमा रू. १ करोड २१ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा गत आवमा भने रू. ४ लाख ७९ हजारमा सीमित भएको हो । कम्पनीले सम्भावित जोखिम वापतको व्यवस्थामा रू. ४ करोड ५१ लाख छुट्याएको छ ।सोही कारण सञ्चालन नाफा ऋणात्मक भई नाफा घटेको हो । कम्पनीले अघिल्लो आवमा सम्भावित जोखिम वापतको व्यवस्थामा रू. ६९ लाख २२ हजार छट्याएको थियो । कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले ३ लाख ९३ हजार कित्ता ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती समेत पाइसकेको छ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  चुक्तापूँजी रू. ७ करोड रहेको कम्पनीले जगेडामा रू.२ करोड ६५ लाख सञ्चित गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. २५ करोड ६६ लाख ८० हजार सापटि लिएर, रू. ५५ करोड २३ लाख ९ हजार निक्षेपक संकलन गरेर रू. ७९ करोड ३७ लाख २२ हजार कर्जा लगानी गरेको छ ।  त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी  अघिल्लो आवको तुलनामा गत आवमा २४ दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा रू. ५ करोड ८३ लाख खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू. ७ करोड २८ लाख ४५ हजार पुर्‍याएको छ ।