काठमाडौं : नेवारी संस्कृति संरक्षणका लागि आज योमरी पुन्ही अर्थात् ज्यापु दिवस मनाइँदै छ।ज्यापु दिवसको अवसरमा हाकु पटासीमा सजिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै शहरका विभिन्न गल्ली परिक्रमा गरेर ज्यापु दिवस मनाउँदै छन्। आजको दिन हिन्दु धर्मावलम्बीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन्।काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोवास गर्ने नेवार समुदायले आज (बुधबार) धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउने परम्परा छ। चामलको पि