योमरी प्रदर्शन गर्दै मनाइयो ज्यापु दिवस (तस्बिरहरु)

काठमाडौँ- मंसिर पूर्णिमाका अवसरमा आइतबार राजधानीमा ज्यापु दिवस तथा योमरी पुन्ही मनाइएको छ। योमरी खाने पूर्णिमाका रुपमा दिइने आजको दिनलाई ज्यापु दिवसमा रुपमा पनि मनाइन्छ। वसन्तपुरमा मनाइएको ज्यापु दिवस तथा योमरी पुन्हीका अवसरमा झाँकीहरु निकाल्नुका साथै ठूलो आकारको योमरी बनाएर प्रदर्शन पनि गरिएको थियो। काठमाडौँको ह्युमतबाट मरु गणेशथान, क्षेत्रपाटी हुँदै बसन्तपुरसम्म र्‍याली पनि गरेका छन् […]

सम्बन्धित सामग्री

बसन्तपुर क्षेत्रमा मनाइयो योमरी पूर्णिमा

१० पुस, काठमाडौं । नेवार समुदायले ज्यापु दिवस तथा योमरी पूणिर्मा (यःमरी पुन्ही) मनाएका छन् । मंगलबार बसन्तपुर क्षेत्रमा नेवार समुदायले यःमरीसहित नगर परिक्रमा गरे । उनीहरु परम्परागत भेषभूषामा सजिएका थिए । ज्यापु संस्कृति विकास कोषले हरेक …

यसरी मनाइयो य:मरि पुन्हि (तस्बिरहरू)

काठमाडौं । नेवार समुदायले य:मरि (योमरी) पूर्णिमा हर्षोल्लासका साथ मनाएको छ । आजकै दिनलाई नेवार समुदायले ज्यापु दिवसका रूपमा पनि मनाउँछन् । ज्यापु समुदायको एकता र संस्कृति जोगाइराख्न नेवार समुदायले योमरी पूर्णिमाको दिन ज्यापु दिवस मनाउन थालिएको हो । आज ज्यापु समुदायले आफ्नो भेष भूषा र बाजागाजाका साथ नगर परिक्रमा गरेका थिए । तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

राष्ट्रिय ज्यापु दिवस उपत्यकामा विधिवत् रुपमा मनाइयो

१७ औं राष्ट्रिय ज्यापु दिवस काठमाडौं उपत्यकामा विधिवत रुपमा मनाइएको छ । औपचारिक रुपमा खुल्ला रुपमा देशको राष्ट्राध्यक्ष वा राष्ट्रप्रमुखलाई प्रमुख अतिथिको रुपमा आमन्त्रणसहित मनाइने गरिएको यो दिवस देशको विकसित राजनीतिक घटनाक्रम र कोरोना भाइरसको महामारीका कारणले राष्ट्रियसभामा मनाइएको हो । तस्बिर –मनोजरत्न शाही (गोरखापत्र अनलाइन)