ज्यापु दिवसमा काठमाण्डाैमा र्‍याली

काठमाण्डाै - नेवारी संस्कृति संरक्षणका लागि आज योमरी पुह्नी अर्थात् ज्यापु दिवस मनाइँदैछ ।  ज्यापु दिवसको अवसरमा हाकु पटासीमा सजिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै सहरका विभिन्न गल्ली परिक्रमा गरेर ज्यापु दिवस मनाउँदै छन् । आजको दिन हिन्दु धर्मावलम्बीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन् । काठमाण्डाै उपत्यकालगायत देशका विभिन्न ठाउँमा बसोबास गर्ने नेवार समुदायले आज (बुधवार) धुमधामका साथ यःमरी पुह्नी पर्व मनाउने परम्परा छ । चामलको पिठोको रोट...

सम्बन्धित सामग्री

ज्यापु दिवसमा योमरीसहित र्‍याली

२२ मंसिर, काठमाडौं । काठमाडौंका नेवार समुदायले आज राष्ट्रिय ज्यापु दिवस एवम् योमरी पूर्णिमा पर्व मनाएका छन् । दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता प्रकाशमान सिंह लगायतको सहभागितामा बसन्तपुरमा विशेष कार्यक्रम समेत आयोजना गरिएको छ । त्यसअघि चामलको पिठोबाट बनाइएको परिकार योमरीसहित र्‍याली निकालिएको थियो । र्‍यालीमा सहभागीहरु नेवार समुदायको परम्परागत पोशाकमा सजिएका थिए […]

योमरी प्रदर्शन गर्दै मनाइयो ज्यापु दिवस (तस्बिरहरु)

काठमाडौँ- मंसिर पूर्णिमाका अवसरमा आइतबार राजधानीमा ज्यापु दिवस तथा योमरी पुन्ही मनाइएको छ। योमरी खाने पूर्णिमाका रुपमा दिइने आजको दिनलाई ज्यापु दिवसमा रुपमा पनि मनाइन्छ। वसन्तपुरमा मनाइएको ज्यापु दिवस तथा योमरी पुन्हीका अवसरमा झाँकीहरु निकाल्नुका साथै ठूलो आकारको योमरी बनाएर प्रदर्शन पनि गरिएको थियो। काठमाडौँको ह्युमतबाट मरु गणेशथान, क्षेत्रपाटी हुँदै बसन्तपुरसम्म र्‍याली पनि गरेका छन् […]