जीवन विकास लघुवित्त वित्तीय संस्थाले पारित गर्‍यो ७३.६८ % लाभांश

चैत २७, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०७७/ ०७८ को वितरणयोग्य मुनाफाबाट प्रस्तावित ७०  प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ३ दशमलव ६८ प्रतिशत नगद लाभांश  पारित गरेको छ ।  उक्त सभाबाट सर्वसाधारण शेयरधनीतर्फ गोकर्ण खतिवडा र अशोक सिटौला सञ्चालकको रुपमा चयन भएका छन् । नवनियुक्त सञ्चालकहरुलाई कम्पनीका अध्यक्ष विक्रम राज सुबेदीले प्रमाण पत्रप्रदान गर्नुका साथै शपथ ग्रहण गराएका  थिए । सभा कम्पनीका अध्यक्ष विक्रम राज सुबेदीको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित सामग्री

सदस्यको घरमा जन्म र मरण हुँदा लघुवित्तको वृक्षरोपण

३० मंसिर, विराटनगर । केही दिनअघि ग्रामथान गाउँपालिका–२ खङ्गरिया झोडाकी यारुनाकुमारी सरदारको घरमा जीवन विकास लघुवित्त वित्तीय संस्था झोराहाट शाखाकी प्रमुख सिर्जना खवास सहयोगी कर्मचारीसहित एएटा झोला र दुई वटा फलफूलका बिरुवा बोकेर पुगिन् । यारुनाकुमारीलाई हर्लिक्स, साबुन, च्यावनप्रास र पाउडरलगायत सामग्री राखिएको झोला उपहार दिइन् । ब्लाङ्केट निकालेर कोक्रोमा सुतिरहेकी शिशुलाई ओडाइन् । बोकेर […]

जीवन विकास लघुवित्तले घटायो लाभांश

२१ फागुन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषणा गरेको लाभांश घटाएको छ । लघुवित्तले फागुन १९ गतेको बैठकबाट लाभांश संशोधन गरेको हो । यसअघि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको ३७.३६ प्रतिशत लाभांशलाई संशोधन गरेर ३३.१५ प्रतिशतमा झरिएको हो । संशोधित लाभांशअनुसार अब २६ प्रतिशत बोनस शेयर रहेको छ […]

नेप्सेले गर्‍यो जीवन विकास लघुवित्त र नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य समायोजन

चैत १०, काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जीवन विकास लघुवित्त वित्तीय संस्था र नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. ३ हजार तोकेको छ । कम्पनीले बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ५ हजार १०० को आधारमा शेयरमूल्य समायोजन गरेको हो । त्यस्तै, नेप्सेले नेपाल दूरसञ्चार कम्पनीको २० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू. १ हजार २२० दशमलव ८३ तोकेको छ । कम्पनीको बिहीवार रू. १ हजार ४६५ मा अन्तिम कारोबार भएको छ । जीवन विकास लघुवित्तले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत १२ गते र नेपाल दूरसञ्चार कम्पनीले चैत ११ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । जीवन विकास लघुवित्तले शेयरधनीले गत आवको मुनाफबाट ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ६८४२ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २५ गते साधारण सभा गर्ने जानकारी दिएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी २ मोरङमा बिहान १०:३० बजे शुरु गर्नेछ । त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश करसहित गरेर कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत २४ गते साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेल काठमाडौंमा दिनको ११ बजे साधारण सभा शुरु हुने जानकारी दिएको छ ।

जीवन विकासको आह्वान आवास निर्माणमा श्रमदान

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा सम्पूर्ण शाखामार्फत विभिन्न सामाजिक कार्य गरी वार्षिकोत्सव मनाएको छ।...

जीवन विकास लघुवित्त र खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा सर्किट

साउन ३२, काठमाडौं । साताको दोस्रो कारोबार दिन  सोमवार दुई ओटा अलग - अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दाको समयसम्ममा जीवन विकास लघुवित्त वित्तीय संस्था खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । दुवै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । जीवन विकास लघुवित्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू २ हजार ९३४ दशमलव ८० मा कारोबार  भइरहेको छ । मार्केट डेप्थमा उक्त कम्पनीको  खरीद अर्डर ३८लाख ७ हजार ३१७ कित्ता खरीद  अर्डर रहेको छ भने विक्री शून्य रहेको छ । त्यसैगरी उक्त अवधिसम्ममा खानीखोला हाइड्रोपावरको शेयरमूल्य रू. ४५९ दशमलव ८०  मा कारोबार भइरहेको छ । विक्रेताभन्दा क्रेता धेरै भएकाले ती कम्पनीको शेयरमूल्य बढेको हो ।

जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्किट

साउन २५, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार जीवन विकास लघुवित्त वित्तीय संस्था र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । जीवन विकास लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ८२२ दशमलव ४० र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य रू. ५८३ दशमलव ९० पुगेको छ ।  ती दुबै कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेका थिए । केहिदिन अघिमात्र दोस्रो बजारमा ती कम्पनीको कारोबार भएकाले पनि यो दिनको कारोबारमा विक्रेताभन्दा क्रेता धेरै भएका हुन् ।  यो समाचार तयार पार्दाको समय १२ : ४८ बजेसम्ममा मार्केट डेप्थमा हेर्दा यूनियन लाइफ इन्स्योरेन्सको ५ लाख ८० हजार ६६३ कित्ता खरीद माग रहेको छ भने जीवन विकास लघुवित्तको ४ लाख ५३ हजार ८२ कित्ता शेयर खरीद माग रहेको हो । दुबै कम्पनीको शेयरमा विक्रेता भने शून्य देखिएका छन् ।

चार कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले घटेको दिन चार वटा कम्पनीको सेयर मूल्य उच्च मूल्यले बढेको छ। आज नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त वित्तीय संस्था र युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य उच्च मूल्यले बढेको हो। जसमध्ये युनियन लाइफको ९ प्रतिशतले बढेको छ भने बाँकी तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

जीवन विकास र युनियनको ‘सेयर अर्डर’मा समस्या

१८ साउन, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था र युनियनन लाइफ इन्स्यारेन्स कम्पनीको सेयर खरिदका लागि अर्डरमा बस्न समस्या देखिएको छ । अनलाइनबाट अन्य कम्पनीहरुको किनबेच सहज तरिकाले भए पनि लगानीकर्ताहरुले यी दुई कम्पनीको सेयर अर्डरमा बस्न समस्या झेलिरहेका छन् । नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा तोकिएको मूल्यमा अर्डमा बसे पनि […]

हालसम्म कतिले भरे जीवन विकास लघुवित्तको आईपीओ ?

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गरेको साधारण शेयर (आईपीओ)मा १८ लाख ४७ हजार ५१ जनाले आवेदन दिएका छन् । जसअनुसार हालसम्म २ करोड ७९ लाख ८ हजार ९६० कित्ताका लागि आवेदन परेको कम्पनीले जनाएको छ। कम्पनीले जम्मा १९ लाख ७७ हजार ३०० कित्ता मात्र शेयर जारी गरेको हो। यसमध्ये पनि ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले पाउँछन्। कम्पनीको शेयर मा १५ गतेसम्म आवेदन दिने समय छ।