जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गरेको साधारण शेयर (आईपीओ)मा १८ लाख ४७ हजार ५१ जनाले आवेदन दिएका छन् ।
जसअनुसार हालसम्म २ करोड ७९ लाख ८ हजार ९६० कित्ताका लागि आवेदन परेको कम्पनीले जनाएको छ।
कम्पनीले जम्मा १९ लाख ७७ हजार ३०० कित्ता मात्र शेयर जारी गरेको हो।
यसमध्ये पनि ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले पाउँछन्।
कम्पनीको शेयर मा १५ गतेसम्म आवेदन दिने समय छ।