साउन ३२, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार दुई ओटा अलग - अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यो समाचार तयार पार्दाको समयसम्ममा जीवन विकास लघुवित्त वित्तीय संस्था खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । दुवै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । जीवन विकास लघुवित्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू २ हजार ९३४ दशमलव ८० मा कारोबार भइरहेको छ ।
मार्केट डेप्थमा उक्त कम्पनीको खरीद अर्डर ३८लाख ७ हजार ३१७ कित्ता खरीद अर्डर रहेको छ भने विक्री शून्य रहेको छ । त्यसैगरी उक्त अवधिसम्ममा खानीखोला हाइड्रोपावरको शेयरमूल्य रू. ४५९ दशमलव ८० मा कारोबार भइरहेको छ । विक्रेताभन्दा क्रेता धेरै भएकाले ती कम्पनीको शेयरमूल्य बढेको हो ।