लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका भ्रातृ संगठन लोकतान्त्रिक यूवा संघ र लोकतान्त्रिक विद्यार्थी संघ धनुषाले संयुक्तरुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेका छन् । बिहिबार जनकपुरधामको भानु चोकमा पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै यूवा विद्यार्थीहरुले पुतला दहन गरेका हुन् ।पाँच दलीय गठबन्धन नेतृत्वको सरकारले साता दिन नबित्दै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गर्दै पुतला दहन गरेका छन् । लोकतान्त्रिक यूवा