नेपाल सरकारका पूर्व मुख्यसचिव तथा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पोखरेलले पेट्रोलियम पदार्थमा भएको अचाक्ली मूल्यवृद्धिले जनताको दैनिकी एकदमै कठीन हुँदै गएको बताएका छन् । मूल्यवृद्धिले विकासका काममा नकारात्मक असर परेपनि सरकारले चालु खर्चमा खास कटौती गर्न कठोर कदम चालेको नदेखिएको पौडेलले सामाजिक सञ्जालमार्फत बताएका छन् । चालु खर्च यथावत भइरहने तर पुँजीगत खर्च हुन नसक्दा मूल्यवृद्धिमा थप चाप पर्ने निश्चित रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य बढेको सन