पेट्रोलियमको मूल्य वृद्धिबारे छानबिन हुँदै

पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिको छानबिनका लागि सङ्घीय संसद्ले समिति गठन गरेको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले मूल्यवृद्धि छानबिनका लागि तीन सदस्यीय उपसमिति गठन गरेको हो । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको सभापति निरादेवी जैरुले जानकारी दिइन् । उनले भनिन्, ‘निरन्तरको मूल्यवृद्धि मात्र विकल्प जस्तो भएको छ । सरकारले उपभोक्तालाई कसरी राहत दिनसक्छ ? मूल्यवृद्धिलाई नियन्त्रण गर्ने वैकल्पिक उपाय के हुनसक्छ ? भन्ने...