नेपाल पेट्रोलियम ट्यांकर चालक संघले गरेको आन्दोलनका कारण अस्तव्यस्त बनेको इन्धनको आपूर्ति प्रणाली मंगलबारदेखि सहज बन्न थालेको नेपाल आयल निगमले जनाएको छ । नेपाल आयल निगमसँग संघले सोमबार दिउँसो सहमति गरेसँगै थानकोट डिपोले उपत्यकाको मागभन्दा दोब्बर इन्धन बजारमा पठाएको छ ।