बेलायतमा इन्धन आपूर्ति सहज बनाउन सेनाले थाल्यो ढुवानी

एजेन्सी । पछिल्लो समय पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या भएसँगै बेलायतमा सेनाले आपूर्ति सहज बनाउन थालेको छ । बेलायतभरका पेट्रोल पम्पहरुमा सशस्त्र बलका कर्मचारीले आपूर्ति गर्न थालेको बीबीसीले जनाएको छ । २ सय भन्दा बढी सेना तथा सशस्त्र बलका कर्मचारीले इन्धन आपूर्ति थालेको बताइएको छ । पछिल्ला हप्ताहरुमा चालकको अभावमा इन्धन आपूर्तिमा अवरोध भएपछि बेलायतमा पेट्रोल […]

सम्बन्धित सामग्री

कञ्चनपुरमा इन्धन भण्डारण गृह निर्माण गरिने

महेन्द्रनगर– नेपाल आयल निगमले कञ्चनपुरमा इन्धन भण्डारण गृह निर्माण गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशमा इन्धन आपूर्ति व्यवस्था सहज बनाउन भण्डारण गृह निर्माण गर्न लागिएको हो । निगमले भण्डारण गृह निर्माण गर्न आफ्नो नीति तथा कार्यक्रममा राखेको छ । धनगढीमा इन्धन भण्डारण गृह भएता पनि सहर र सडक नजिक असुरक्षित भएकाले मानव बस्तीभन्दा टाढा हुने […]

हवाई इन्धनको आपूर्ति सहज बनाउन माग

निजी हवाई सेवाप्रदायकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघले पर्याप्त मात्रामा हवाई इन्धन उपलब्ध गराउन माग गरेको छ । पछिल्लो समय नेपाल आयल निगमसँग विभिन्न माग राख्दै निगमका ढुवानीकर्ताहरुले इन्धन आपूर्ति बन्द गरेपछि संघले आपूर्तिमा सहजीकरण गरिदिन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माग गरेको छ ।संघका अध्यक्ष रामेश्वर थापाले प्राधिकरणका महानिर्देशकलाई पत्राचार गर्दै दसैंको समयमा उडान वृद्धि […]

फेरि बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य, अब कति पर्छ ?

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज सोमबार मध्यरातदेखि लागु हुने गरि पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ९ रुपैयाँ बढाएको हो । यस संगै अब पेट्रोल प्रति लिटर १८१ र डिजेल तथा मट्टीतेल प्रति लिटर १७२ रुपैयाँ प्रति लिटर पुगेको छ।त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि प्रति लिटर ५ रुपैयाँ बढेको छ । अन्तराष्ट्रियतर्फको हवाई इन्धनको मूल्य र खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।लागत अनुरुप मूल्य समायोजन हुन नसकेको कारणबाट पेट्रोलियम पदार्थ खरिद वापत इण्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै जाने देखिएको हुँदा आपूर्ति व्यवस्था सहज बनाइ राख्न दिन प्रति दिन निगमलाई चुनौती थपिदै गएको निगमले जनाएको छ । निगमले आज मात्र आर्थिक स्रोतको जोहो नभए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी नेपाल सरकारलाई दिएको छ । निगमका अनुसार भारतलाई इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघेको छ । नेपाल आयल निगमले डिजेल र पेट्रोल बिक्रि गर्दा कोटा तोक्न सिफारिस गरेको छ । आयल निगमले नेपाल सरकारलाई पत्र लेख्दै पेट्रोलियम पदार्थको खपत कम गर्न बिक्रिमा कोटा तोक्ने सहित विभिन्न १० वटा उपाय सिफारिस गरेको हो । इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन विभिन्न प्रस्ताव गरिएको निगमले जनाएको छ ।यस्तो अवस्थामा पेट्रोलियम पदार्थको खपत कम गर्न निगमले सुझाव दिएको हो । जसमा पेट्रोल पम्पहरूले मोटर साइकललाई एक-पटकमा ५ लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० लिटर मात्र ईन्धन बिक्री गर्न प्रस्ताव गरिएको छ।यस्ता छन् सिफारिस: १.सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा नीजि सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने ।२. देशका प्रमुख शहरहरुमा प्रत्येक शनिबार गाडी रहित सार्वजनिक बिदाको घोषणा गर्ने ।३. खाना पकाउने एल.पी. ग्यासको खपत कम गर्न बिद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनको लागि विद्युतीय शुल्क कम गर्ने ।४. विद्युतीय सवारी साधनको प्रयोगमा बृद्धि गर्न प्रमुख शहरहरु र राष्ट्रिय राजमार्गहरुमा निः शुल्क चार्जिङ्ग स्टेशन निर्माण गर्ने तथा सार्वजनिक/निजी पार्किङ्ग स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निः शुल्क पार्किङ्ग स्थल तोकिदिने ।५. पेट्रोल पम्पहरूले मोटर साइकललाई एक-पटकमा ५ (पाँच) लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० (बीस) लिटर मात्र ईन्धन बिक्री गर्ने।६. छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आव्हान गर्ने ।७. ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनहरु पूर्ण क्षमतामा चलाउने ।८. मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरुप नै यात्रु रहने गरी संचालन गर्ने व्यवस्था मिलाउने ।९. पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायतका अन्य उपकरणहरुको आयात बन्द गर्ने ।१०. ठूला उद्योग, परियोजना, होटेल आदिले डिजेल तथा एल.पी.ग्यासको खपत नगरी विद्युतको खपत गर्न आव्हान गर्ने। विदेशी मुद्रा खर्च गरी महंगो मूल्यमा आयात गर्नुपर्ने पेट्रोलियम पदार्थको प्रयोग सकेसम्म कम गरी विद्युत लगायतका स्वदेशी ऊर्जाको खपत बढाउनुपर्ने राष्ट्रिय आवश्यकतालाई आम उपभोक्ताहरुले समेत मनन गर्ने विश्वास निगमले लिएको छ जनाएको छ ।

इन्धन समस्याको समाधान खोज्न किन ढिलाइ ?

एक साताको अन्तरालमै नेपालमा पुन: इन्धनको मूल्यवृद्धि भएको छ । पटकपटक यसरी मूल्य वृद्धि हुँदा सरकारले राहत दिनुपर्नेमा उल्टै कर असुल गर्ने क्रम भने रोकेको छैन । त्यसैले इन्धनको बढ्दो समस्या समाधान खोज्ने बेला आइसकेको छ । नेपालले विश्व बैंक, अन्तरराष्ट्रिय मुद्राकोषजस्ता निकायबाट आर्थिक सहायता लिने गरेको छ । अबको केही समय यस्ता सहयोग लिन बन्द गरी त्यसको सट्टा अन्य देशहरूबाट इन्धन सहायता लिने हो कि ? पेट्रोलियम पदार्थको उच्च मूल्य वृद्धि भएपछि जनता निकै मारमा परेका छन् । छिमेकी मुलुक भारतमा पनि केही दिनअघि इन्धनको मूल्य वृद्धि भएको थियो । तर, भारत सरकारले डिजेल, पेट्रोलमा अन्त:शुल्क कटौती गरेर जनतालाई राहत दिने काम गर्‍यो । तर, नेपालमा भने सरकारका तर्फबाट त्यस्तो कुनै घोषणा भएन । बरु उल्टै मूल्य वृद्धिले सरकार रमाइरहेको जस्तो देखिन्छ, किनकि जति धेरै इन्धनको मूल्य वृद्धि भयो उति नै बढी कर सरकारले पाउँछ । यसरी मूल्य वृद्धि गर्दा अर्थतन्त्र थप संकटमा जाने निश्चित छ । पेट्रोलियममा भएको मूल्य वृद्धिले भान्छाघरमा मात्रै समस्या हुने होइन, समग्र अर्थतन्त्रको लागत बढाउँछ । भारतमा भन्दा नेपालमा इन्धन महँगो भएपछि सीमावर्ती क्षेत्रका बासिन्दा भारतीय शहरमा गएर इन्धन भर्ने सम्भावना बलियो छ । यसले विदेशी विनिमय सञ्चितिमा थप चाप पार्नेछ । मूल्य वृद्धिबाट जनजीवन थप कष्टकर हुने भएकाले यसले मुलुकलाई अशान्त बनाउन सक्छ र जनताको असन्तुष्टिले विद्रोहको रूप लिन पनि सक्छ । पेट्रोलियम पदार्थ रणनीतिक महत्त्वको वस्तु हो । त्यसैले विश्वभरि नै यसको भण्डारण, आपूर्ति र मूल्यमा विशेष ध्यान दिने गरिन्छ । नेपालले भने यस्तो कुनै विशेष रणनीति बनाएको देखिँदैन । यस्तो बेला अन्तरराष्ट्रिय बजारमा कतै सस्तो मूल्यमा कच्चा तेल पाइन्छ कि त्यतातर्फ खोजीको प्रयाससमेत गरेको सुनिएको छैन । नेपालले रूस, अमेरिका, बेलायत, भारत जस्ता मुलुकमा राजदूत राखेको छ । ती राजदूतले नेपालमा इन्धन आपूर्तिलाई सहज गर्न सक्ने सम्भावना खोजी गर्न सक्छन् । हालसालै नेपालको संसद्ले एमसीसी सम्झौता पास गरेको छ, जसले गर्दा अमेरिका र नेपालबीच सम्बन्ध र सद्भाव थप बढेको छ । त्यसले गर्दा नेपालले सहज आपूर्तिमा गरेका प्रयासमा अमेरिका सहयोगी बन्न सक्छ । नेपालजस्तो सानो र कम जनसंख्या भएको मुलुकका लागि अमेरिका, बेलायतजस्ता मुलुकले इन्धन आपूर्ति सहज हुने गरी सहायता नगर्लान् भन्न पनि सकिँदैन । तर, यसका लागि प्रयास हुनुपर्‍यो । त्यस्तै नेपालले विश्व बैंक, अन्तरराष्ट्रिय मुद्राकोषजस्ता निकायबाट आर्थिक सहायता लिने गरेको छ । अबको केही समय यस्ता सहयोग लिन बन्द गरी त्यसको सट्टा अन्य देशहरूबाट इन्धन सहायता लिने हो कि ? निगमले मूल्य बढाउन अनेक तर्क निकाल्ने गरेको छ । भारतमा भन्दा नेपालमा सस्तो भएकाले भारततर्फ तेल चोरी निकासी हुने भएकाले मूल्य घटाउन मिल्दैन भन्ने तर्क उसको हुने गरेको छ । अहिले भने नेपालमा भन्दा भारतमा सस्तो हुँदा दिनमा नै साढे ४ अर्ब घाटा भएको भन्दै मूल्य वृद्धि गरिएको छ । नेपालमा पेट्रोलियम इन्धनको मूल्य बढ्नुमा अन्तरराष्ट्रिय कारण त छँदै छ, त्यो भन्दा पनि सरकारले लगाएको अत्यधिक करले गर्दा यो निकै महँगो भएको हो । सरकारले पूर्वाधार कर भनी प्रतिलिटर १० रुपैयाँ कर उठाइरहेको छ । त्यस्तै सडक कर, वातावरण प्रदूषण, भ्याटजस्ता विविध शीर्षकमा कर लगाई खरीद मूल्यभन्दा बढी कर सरकारले लिने गरेको छ । सामान्य अवस्थामा उपभोक्ताले यो करको भार सहेकै हुन् तर अहिले जनताले थेग्नै नसक्ने गरी मूल्यवृद्धि भएको छ । जनताको दैनिकीमै गम्भीर असर पर्दा समेत करमै रमाउनु सरकारको पीडक प्रवृत्ति नै हो । यो औद्योगिक क्षेत्रका लागि समेत आवश्यक वस्तु हो । त्यसैले यसको मूल्य कुनै पनि हालतमा घटाउनैपर्छ । अन्तरराष्ट्रिय बजारमा नै मूल्य बढेकाले नेपालमा बढाउनुपरेको भन्ने सरकारी तर्क गलत छ । सरकारले लादेको केही कर हटाएर वा घटाएर पनि उपभोक्तालाई केही राहत दिन सकिन्छ ।

आयल निगमले भन्यो : इन्धन आपूर्ति सहज हुन्छ, लाइनमा बस्नु पर्दैन

चैत २०, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल पम्पहरुमा अत्यावश्यक बाहेकको अवस्थामा लाइन नबस्न सर्वसाधारणलाई आग्रह गरेको छ । व्यवसायी र निगम बीचको शनिवार बेलुका समझदारी पछि देशभरका बिक्रेताहरुले ढुवानी शुरु गरेको र ढिलोमा आइतवार दिउँसो तीन बजेसम्म वितरण सहज हुने निगमले बताएको छ । निगमका सहायक प्रवक्ता पुष्करकुमार कार्कीका अनुसार उपत्यकासहित देशैभरका डिलरहरुले बिहान ८ बजेदेखि नै इन्धन उठाउन शुरु गरेका छन् । उनले बिहानै देखि विभिन्न डिपोबाट इन्धन उठेको बताए । पम्पहरुमा अनलोड हुन केही समय लाग्ला, दिउँसो तीन बजेदेखि पम्पहरुबाट वितरण सहज हुन्छ’, सहायक प्रवक्ता कार्कीले भने । काठमाडौं उपत्यका, गण्डकी, लुम्बिनी, विराटनगर, अमलेखगञ्जसहितका सबै ठूला सहरका डिपोहरुबाट बिहानैदेखि ट्यांकरले तेल उठाएका छन् । कुन स्थानबाट कति तेल पम्पमा गयो भन्ने विवरण भने बिलिङ नसकिएका कारण उपलब्ध हुन नसकेको उनको भनाइ छ । केहि  दिनअघि पेट्रोलियम व्यवसायीहरुले कमिसनमा कुरा नमिलेको भन्दै ढ्वानीमा अवरोध सृजना गर्दा काठमाडौं उपत्यकामा शनिवार बिहानैदेखि पेट्रोल  तथा डिजेल अभाव हुने हो कि  भन्ने आशंकामा पेट्रोलियम पदार्थ लिन सर्वसाधारणको पम्पमा भिड लागेको थियो ।

देशभर इन्धन आपूर्ति सहज छ : निगम

काठमाडौं । नेपाल आयल निगमले निषेधाज्ञाको समयमा देशभरका पेट्रोलपम्प खुला रहेको र सहज रुपमा इन्धन बिक्री–वितरण भइरहेको जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले देशैभर इन्धन सहज रुपमा बिक्री–वितरण भइरहेको बताए । उनले निषेधाज्ञाको अवधिमा पनि सबै पेट्रोलपम्प खुला हुने बताए । काठमाडौं उपत्यकाका कतिपय पम्पमा इन्धन नपाएको गुनासो आएको सन्दर्भमा उनले...

१८ सय ट्यांकरले इन्धन ओसार्दै, पाइपलाइन पूर्ण क्षमतामा सञ्चालन

मुलुकभर इन्धन आपूर्ति र वितरण सहज रूपले अघि बढेको आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)बाट नियमित

उपत्यकामा सोमबार दोब्बर इन्धन आपूर्ति - Naya Patrika

आयल निगमले काठमाडौं उपत्यकामा सोमबार सामान्य अवधिको भन्दा दोब्बर बढी पेट्रोल र डिजेल आपूर्ति गरेको छ । ट्यांकरचालकको हडतालका कारण इन्धन आपूर्तिमा देखिएको अवरोध सहज पार्न दोब्बर इन्धन आपूर्ति गरिएको आयल...पूरा पढ्नुहोस् »