बेलायतमा लामो लाइन र तेल अभावबीच पेट्रोल पम्पहरू बन्द हुन थालेपछि अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ । सेनाका ट्याङ्कर चालकलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने सरकारले जनाएको छ । बेलायतका व्यापारमन्त्री क्वासी कोर्टनले केही दिनमा आपूर्ति सहज हुने बताए । उनले राज्यमा पर्याप्त आपूर्ति रहेको बताउँदै यो अवस्था केही दिनमा सहज बन्ने बताए ।
तेल आपूर्तिकर्ताहरूले आगामी दिनहरूमा माग सामान्य हुने अपेक्षा गरेको बताएका छन् । तर ‘मोटरीङ ग्रुप, आरएसी’का अनुसार केही किर...