लक्ष्मणलाल कर्णको कटाक्ष – ७७ जिल्लामै मन्त्री बनाऔँ, सांसद हटाऔँ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले ७७ जिल्लाबाटै १–१ जना मन्त्री बनाइयोस् भन्दै सरकारप्रति कटाक्ष गरेका छन् । विकास बजेट मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीको जिल्लामा बढी विनियोजन भएकोप्रति रुष्ट उनले त्यसरी मन्त्री सबै जिल्लाबाट बनाउन संविधान संशोधन गर्नुपर्ने बताए । ‘म तेस्रो चोटी संसद्‍मा छु । विकास गर्नका लागि प्रधानमन्त्री हुनुपर्‍यो । उपप्रधानमन्त्री वा मन्त्री हुनुपर्‍यो । त्यो भएपछि मात्र आफ्नो क्षेत्रमा विकास