कोरोना भाइरसका कारण संसारभरी औसत आयु कम भएको छ । यो दाबी अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धाता सन् २०२० को मृत्युको आँकडालाई आधार मानेर बताएका हुन् । इन्टरनेशनल जर्नल अफ एपिडेमियोलोजीमा प्रकाशित शोधका अनुसार यो दोस्रो विश्वयुद्धपछि एक वर्षभित्र मानिसको आयुमा आएको सबैभन्दा ठूलो गिरावट हो ।वर्ल्डोमिटरका अनुसार संसारभरी २९ सेप्टेम्बरसम्म ४७ लाखको मृत्यु कोभिड–१९ का कारण भएको छ । यसमा पनि अमेरिकामा सबैभन्दा बढी ७.११ लाख मृत्यु भएको छ । त्यसपछि ब्राजिलमा ५.९५ लाख र भारतमा ४.४७ लाखको मृत्यु भ