काठमाडौं। संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण खनालको कोरोनाका कारण मृत्यु भएको छ। आज सहिद मेमोरियल अस्पताल कलंकीमा उपचाररत खनालको निधन भएको हो। उनको २२ गते स्वाब संकलनपछि गरिएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो। “त्यस्तो कुनै लक्षण त देखिएको थिएन, परीक्षण गर्नुपर्छ भन्ने भएपछि गरिएको हो। उहाँको मुटुमा पहिलादेखि नै समस्या थियो,” सचिवालय स्रोतले भन्यो।