कोरोनाका कारण थप ११ जनाको ज्यान गयो, एकैदिन थपिए १७ सय ३६ जना सङ्क्रमित !

काठमाण्डाै – नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।मङ्गलवार थपिएकासँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय दुई पुगेको छ ।यस्तै  पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय ३८ जनामा परीक्षण गर्दा १७ सय ३६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आठ हजार ५५ जनाको पीसीआर परीक्ष...

सम्बन्धित सामग्री

पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ५ सय ३२ पिसिआर परीक्षणका क्रममा ३६ जना र १ हजार १ सय ६६ एन्टीजेन परीक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको […]

थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको २ हजार ३ सय ३७ पिसिआर परीक्षणका क्रममा ३६ जना र १ हजार २१ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २० संक्रमित निको हुँदा हालसम्म नेपालमा […]

एकलाख भन्दा बढी नेपालीको उद्धार, यूएइबाट २९ हजार

सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हाल सम्म एक लाख २४ सय ३६ जना नेपालीलाई उद्वार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको तथ्याङ्क अनुसार ५९ देशमध्ये सबैभन्दा बढी २९ हजार ४३२ जना युएइबाट फर्किएका छन् । दोस्रो फर्किने मुलुक कतारबाट १५ हजार ८१७ जना स्वदेश फर्किएका छन् । तेस्रोमा साउदी(रियाद जेद्दा) बाट १५ हजार ६४७ र मलेसियाबाट १४ हजार ७१८ जना स्वदेश आएका छन् । यस्तै, कुवेतबाट ९ हजार ५११ जना स्वदेश फर्किएका छन् । यो अवधिमा बहराइनबाट एक हजार ३३९ जना स्वदेश फर्किंदा अस्ट्रेलियाबाट १२ सय ३५ जना स्वदेश फर्किएको उल्लेख छ । ओमानबाट १६ सय ३९ जना र दक्षिण कोरियाबाट १८ सय ११ जना फर्किएकोमा छिमेकी देश बङ्गलादेशबाट ९३० जना फर्किएको सिसिएमसिले बताएको छ । यसैगरी, माल्दिभ्सबाट एक हजार १८ जना फर्किएकोमा छिमेकी देश चीनबाट ४२३ जना नेपाली स्वदेश फर्किएका छन् । हाल सम्म सिगांपुरबाट ८२३ जना, संयुक्त राज्य अमेरिकाबाट ६०५ जना र बढी महिला नेपाली कार्यरत रहेको जोर्डनबाट ५७७ जना स्वदेश फर्किएका छन् । यस्तै, पाँच सयभन्दा कम नेपाली स्वदेश आएकोमा थाइल्याण्ड ३२६ रहेका छन् । र, सयभन्दा कम सङ्ख्यामा स्वदेश फर्किएको देशहरुमा इराक, स्विजरल्याण्ड, इरान, ईथोपिया, ट्युनिसिया, सुडान, नाइजेरिया, युगाण्डा, पोर्चुगल, फ्रान्स, स्पेन, ग्रिस आदि रहेका छन् ।

विदेशमा रहेका १५ सय नेपालीमा कोरोना संक्रमण, ३६ जनाको मृत्यु

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा कोरोना संक्रमित नेपालीको संख्या १५ सय पुगेको जनाएको छ। एनआरएनएका अनुसार कोरोनाका कारण ३६ जना नेपालीकाे मृत्यु भएकाे छ।  बेलायतमा...