नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले पार्टी छोडेर हिँडेका रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका छन् । सो पार्टीको ८ औं महाधिवेशन अन्तर्गत बुधबार अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथिको छलफलपछि सुझाव पेश गर्दै बादललगायतका नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका हुन् । प्रदेश नम्बर १ बाट सुझाव पेश गर्दै हर्कबहादुर नेम्वाङ ‘मेक्सो’ले आफ्नो समुहका तर्फबाट सुझाव पेश गर्दै भने, ‘बादल लगायतका नेताले गद्दारी गरेका छन् । उनीहरले
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सोमवार राति केही पदमा मतदान हुँदैछ ।
केपी ओलीले पदाधिकारीमा गरेको प्रस्तावमा असहमति जनाउँदै अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा उम्मेदवारी परेका छन् । ओलीविरुद्ध भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
नेकपाभित्र बौद्धिक नेताको रुपमा परिचित घनश्याम भुसालले उम्मेदवारी दिँदा पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा असुरक्षित बनेका छन् । महाधिवेशनमा आएका अधिकांश प्रतिनिधि ओली पक्षीय रहेकाले थापा विजयी हुने संस्थापन पक्षको विश्वास छ ।
माक्र्सवादको व्याख्याताको रुपम...
काठमाडौं, भदौ ३१ । एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा समाजवादी धारसँग दक्षिणपन्थी धार पराजित बनेको बताउनुभएको छ । काठमाडौँमा आयोजित एमाले कार्यकर्ता प्रशिक्षणमा बोल्दै स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा समाजवादी धारसँग दक्षिणपन्थी धार पराजित बनेको बताउनुभएको हो । उहाँले कम्युनिष्ट आन्दोलनको समीक्षा गर्दै […]
काठमाण्डाै - राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिन गृहमन्त्री रामबहादुर थापा बादल हेलिकप्टर चढेर वाग्मती प्रदेशको सदरमुकाम हेटौँडा पुग्नुभएको छ ।
गृहमन्त्री थापा सत्तारुढ एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको हो । एमाले बाहेकका दल र माधव नेपाल पक्ष एकैतिर हुँदा आफू पराजित हुन सक्ने भन्दै थापाले बिहानसम्म उम्मेदवारी दिन रुची देखाउनुभएको थिएन ।
यसअघि थापा वाग्मती प्रदेशबाट राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो । एमालेमा लागेपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो । माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षले सङ्घी...
रामबहादुर थापा बादलले पुनः गृहमन्त्रीको सपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन्।
५ वैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेकपा (एमाले) का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई राष्ट्रपति भण्डारीले मन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं […]