माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यबाट खड्कालाई पनि हटायो

माओवादी केन्द्रले रामबहादुर थापा बादलपछि राष्ट्रियसभाका अर्का सदस्य चन्दबहादुर खड्कालाई पनि हटाएको छ

सम्बन्धित सामग्री

माओवादी केन्द्रले रौतहटका २ मेयर र ५ उपमेयरलाई पार्टीबाट हटायो

जनकपुर : नेकपा (माओवादी केन्द्र) ले एमालेको ओली पक्षमा लागेका रौतहटका २ मेयर र ५ उपमेयरलाई पार्टीबाट निष्कासन गरेको छ।माओवादीबाट चुनाव जितेका उनीहरू एमालेको ओली खेमातिर लागेपछि पदमुक्त गरिएको माओवादी रौतहटका सचिव देवेन्द्र पटेलले जानकारी दिए। पटेलका अनुसार उनीहरूलाई पदबाट मुक्त गरिदिन पार्टी केन्द्रले निर्वाचन आयोगलाई पत्राचार समेत गरिसकेको छ।निष्कासनमा परेकाहरूमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा, यमुनामाई गाउँपालिकाकी

माओवादीले बादलपछि खड्कालाई राष्ट्रिय सभा सदस्यबाट हटायो

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका अर्का चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । अर्घाखाँचीका खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा दर्ता गरेको छ । राष्ट्रिय सभा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र संसद सचिवालयमा खड्काले दल त्याग गरेको जानकारी गराएको जानकारी दिए ।खड्काले दल त्याग गरेकाले उनलाई राष्ट्रिय सभाबाट हटाउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलका नेता दीनानाथ शर्मालाई पत्र लेखेका थिए ।

गृह मन्त्री थापालाई माओवादी केन्द्रले सांसदबाट हटायो !

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले गृह मन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभामा आफ्नो सांसद् नरहेको सूचना सङ्घीय संसद् सचिवालयलाई दिएको छ ।नेकपा एमाले प्रवेश गरेका गृह मन्त्री थापाले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद् सचिवालयमा पठाएको माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिनुभयो ।राजनीतिक दलसम्बन्धी ऐनअनुसार अब बस्ने राष्ट्रिय सभा बैठकमा उहाँको राष्ट्रिय सभा सदस्य पद रिक्त हुनेछ । पार्टीले शुक्रवार (आज) राष्ट्रिय सभा सचिवालयलाई पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराए...

एमालेतिर लागेका सांसदलाई माओवादीले हटायो

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई पदमुक्त गर्न प्रदेशसभालाई पत्राचार गरेको छ। दैलेख निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित रेग्मी सर्वोच्च अदालतको निर्णयपछि माओवादी केन्द्र परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका थिए। उनले माओवादी केन्द्रले पठाएको स्पष्टीकरणको समेत जवाफ दिएका थिएनन्। ‘दल त्याग गरेको विषयमा स्पष्टीकरण सोधेको थियो, उहाँले त्यसको जवाफ पनि दिनुभएन्,’ संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले भनिन्, ‘पार्टी केन्द्रले पठाएको कारबाहीको पत्र शुक्रबार प्रदेशसभामा बुझाएका छौं।&...