एमालेभित्रको संघर्षमा समाजवादीसँग दक्षिणपन्थी धार पराजित : रामबहादुर थापा

काठमाडौं, भदौ ३१ । एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा समाजवादी धारसँग दक्षिणपन्थी धार पराजित बनेको बताउनुभएको छ । काठमाडौँमा आयोजित एमाले कार्यकर्ता प्रशिक्षणमा बोल्दै स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले नेकपा एमालेभित्रको आन्तरिक शक्ति संघर्षमा समाजवादी धारसँग दक्षिणपन्थी धार पराजित बनेको बताउनुभएको हो । उहाँले कम्युनिष्ट आन्दोलनको समीक्षा गर्दै […]

सम्बन्धित सामग्री

सेवानिवृत्त कृषि प्रसार अधिकृत थापाको सुन्तला पौरख

तनहुँको म्याग्दे गाउँपालिका-२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त छन्।...

रामबहादुर थापा ‘बादल’ लगायतका नेतालाई गद्दार घोषणा गर्न माग

नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले पार्टी छोडेर हिँडेका रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका छन् । सो पार्टीको ८ औं महाधिवेशन अन्तर्गत बुधबार अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथिको छलफलपछि सुझाव पेश गर्दै बादललगायतका नेताहरुलाई गद्दार घोषणा गर्न माग गरेका हुन् । प्रदेश नम्बर १ बाट सुझाव पेश गर्दै हर्कबहादुर नेम्वाङ ‘मेक्सो’ले आफ्नो समुहका तर्फबाट सुझाव पेश गर्दै भने, ‘बादल लगायतका नेताले गद्दारी गरेका छन् । उनीहरले

चुनाव हुँदा रामबहादुर थापा, लेखराज भट्ट र टोपबहादुर रायमाझीको पद असुरक्षित !

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सोमवार राति केही पदमा मतदान हुँदैछ ।  केपी ओलीले पदाधिकारीमा गरेको प्रस्तावमा असहमति जनाउँदै अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा उम्मेदवारी परेका छन् । ओलीविरुद्ध भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।  नेकपाभित्र बौद्धिक नेताको रुपमा परिचित घनश्याम भुसालले उम्मेदवारी दिँदा पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा असुरक्षित बनेका छन् । महाधिवेशनमा आएका अधिकांश प्रतिनिधि ओली पक्षीय रहेकाले थापा विजयी हुने संस्थापन पक्षको विश्वास छ ।  माक्र्सवादको व्याख्याताको रुपम...

राजतन्त्रको विपक्षमा उभिँदा मदन भण्डारी मारिए : रामबहादुर थापा

एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले राजतन्त्रको विपक्षमा उभिँदा मदन भण्डारी मारिनु परेको बताएका छन् ।

उम्मेदवारी दिन हेलिकप्टर चढेर रामबहादुर थापा हेटौँडामा

काठमाण्डाै - राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिन गृहमन्त्री रामबहादुर थापा बादल हेलिकप्टर चढेर वाग्मती प्रदेशको सदरमुकाम हेटौँडा पुग्नुभएको छ । गृहमन्त्री थापा सत्तारुढ एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको हो । एमाले बाहेकका दल र माधव नेपाल पक्ष एकैतिर हुँदा आफू पराजित हुन सक्ने भन्दै थापाले बिहानसम्म उम्मेदवारी दिन रुची देखाउनुभएको थिएन । यसअघि थापा वाग्मती प्रदेशबाट राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो । एमालेमा लागेपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो । माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षले सङ्घी...

माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यबाट खड्कालाई पनि हटायो

माओवादी केन्द्रले रामबहादुर थापा बादलपछि राष्ट्रियसभाका अर्का सदस्य चन्दबहादुर खड्कालाई पनि हटाएको छ

रामबहादुर थापा बादलले पुनः गृहमन्त्रीको सपथ लिए

रामबहादुर थापा बादलले पुनः गृहमन्त्रीको सपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन्।

गृहमन्त्रीमा रामबहादुर थापा पुनःनियुक्त

५ वैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेकपा (एमाले) का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई राष्ट्रपति भण्डारीले मन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं […]