चुनाव हुँदा रामबहादुर थापा, लेखराज भट्ट र टोपबहादुर रायमाझीको पद असुरक्षित !

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सोमवार राति केही पदमा मतदान हुँदैछ ।  केपी ओलीले पदाधिकारीमा गरेको प्रस्तावमा असहमति जनाउँदै अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा उम्मेदवारी परेका छन् । ओलीविरुद्ध भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।  नेकपाभित्र बौद्धिक नेताको रुपमा परिचित घनश्याम भुसालले उम्मेदवारी दिँदा पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा असुरक्षित बनेका छन् । महाधिवेशनमा आएका अधिकांश प्रतिनिधि ओली पक्षीय रहेकाले थापा विजयी हुने संस्थापन पक्षको विश्वास छ ।  माक्र्सवादको व्याख्याताको रुपम...

सम्बन्धित सामग्री

चुनावी महासंग्रामबाट ओझेलमा बादल, एमालेमा के गर्दै छन् पूर्वमाओवादी ?

काठमाडौं : पूर्वमाओवादी केन्द्रका ९ जना नेता नेकपा एमालेबाट चुनावी मैदानमा छन्। पूर्वमाओवादीबाट सचिवहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, नेता गौरीशंकर चौधरीलगायत ९ जना नेता चुनावी मैदानमा छन्। कैलाली–४ बाट लेखराज भट्ट, अर्घाखाँचीबाट टोपबहादुर रायमाझी र कैलाली–३ बाट गौरीशंकर चौधरी, सिन्धुली–२ बाट मनोजजङ्ग थापा, झपट बोहरा, वीरबहादुर थापा, धर्मराज रेग्मी र छक्कबहादुर लामा लगायत पूर्वमाओवादी नेकपा एमालेका तर्फबाट उम्मेदवार छन्।रौतहट-३ बाट प्रत्यक्षतर्फको टिकट पाए

पाँच वर्षका लागि एमालेकाे नेतृत्व चयन, यी हुन् पदाधिकारी

साथै सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, रघुवीर महासेठ, लेखराज भट्ट, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा निर्वाचित भएका छन् ।

पूर्वमाओवादी नेताहरुको रिट निवेदनमाथिको सुनुवाई स्थगित

१५ साउन, काठमाडौं । पूर्वमाओवादी नेताहरुले सांसद पद कायम गरी पाउँ भनी सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथिको सुनुवाई स्थगित भएको छ । पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु शाहले आफूहरुले माओवादी परित्याग गरी एमाले प्रवेश गरेको घोषणा नगर्दै सांसद पदबाट निकालिएको जिकिर गर्दै आफुहरुको सांसद पद कायम गरि पाउँ भनी […]

पहिले दल खारेज गरिपाऊँ, अहिले माओवादी सांसद हुन पाऊँ

१३ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि नेकपा एमालेतिर लाग्दा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्व माओवादी नेता सर्वोच्च अदालत गएका छन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको माग छ, ‘कारबाही बदर गरी प्रतिनिधिसभा सदस्य पदमा पुनर्वहाली  गरियोस् ।’ २६ चैतको प्रतिनिधिसभा बैठकमा […]

प्रचण्डले सांसद पद खोसेपनि फेरि मन्त्री

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार नवनियुक्त मन्त्रीहरु ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरी र शहरी विकासमन्त्री प्रभु साह शपथ ग्रहण  । नेकपा माओवादी केन्द्रले उनीहरुको सांसद पद खोसेपनि प्रधानमन्त्री केपी ओलीले उनीहरुलाई फेरि मन्त्री बनाएका हुन् ।

दल बदलेका चार नेता सांसद र मन्त्रीबाट पदमुक्त

२६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताका सांसद र मन्त्री पद खोसिएको छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी दुबै पदबाट पदमुक्त भएका हुन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले निर्वाचित अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह […]

माओवादी छाडेर एमालेमा गएका चार मन्त्रीको सांसद पद खारेज

काठमाण्डाै – नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज भएको छ । नेकपा माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई लेखेको पत्रअनुसार बिहीवारकाे प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले उद्याेगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशङ्कर चौधरी सांसद पदबाट मुक्त भएको बैठकलाई जानकारी गराउनुभएको छ ।  गएको सोमवार माओवादी केन्द्रले अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट ३ का प्रभु साह, कैलाली ४ का लेखराज भट्ट र क...

माओवादीका ४ सांसदको पद गयो

केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका चार जनाको सांसदको पद गुमेको छ । माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा दल त्यागको सूचना दिएपछि बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका थिए । सांसद पद गुमाउनेमा मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी रहेका छन् । प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई प

चार मन्त्रीलाई सांसदबाट हटाउन प्रचण्डको पत्र, बादललाई किन गरेन कारबाही ?

२४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले  चार जना प्रतिनिधिसभाका सदस्यलाई कारबाही गरेको छ । अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, कैलाली–४ बाट निर्वाचित लेखराज भट्ट, रौतहट–३ बाट निर्वाचित प्रभु साह र कैलाली-३ बाट निर्वाचित गौरीशंकर चौधरीलाई कारबाही गरेको हो । माओवादी केन्द्रले दल त्यागको सूचना संघीय संसदमा पठाएको छ । अब सभामुखले संसद बैठकमा यसको जानकारी […]