काठमाडौं । नेपाली काँग्रेसले चिकित्सा शिक्षा आयोगले एमबिबिएसको वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ । काँग्रेसको शिक्षा केन्द्रीय विभागको आज बसेको बैठकले प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको आयोगको निर्णय सरकारले डा गोविन्द केसीसँग गरेको सम्झौताको मर्म विपरित रहेको ठहर गरेको छ । बैठकले शुल्क वृद्धिको निर्णयको भत्र्सना पनि गरेको छविभागले गत वर्षसम्म एमबिबिएसको शुल्क रु ४० लाख २३ हजार २५० रहेकामा आव २०७७/७८ मा आयोगले रु आठ लाख वृद्धि गरेर रु ४८ लाख शुल्क पु-याएको जनाएको