पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कोरोनाका कारण जनता छटपटिरहेको, व्यापार व्यवसाय खस्केको र रोजगारी गुमेको विकराल अवस्थामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि ठीक नभएको भन्दै मूल्य वृद्धि फिर्ता लिन माग गरेका हुन् ।“एकातिर राजनीतिक अस्थिरताको भूमरीमा देश परिरहेको र अर्कातिर कोरोनाका कारण दैनिक जीवन कष्टकर हुँदै गएको बेला जनताको ढा