चितवनका विद्यालयमा भएको शुल्क वृद्धि फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) चितवन जिल्ला समितिले जिल्लामा रहेका शैक्षिक संस्थामा भएको शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ । विद्यार्थी संगठन र अभिभावकसँग परामर्श नगरी जिल्लाका शैक्षिक संस्थाहरुले २० प्रतिशतसम्म शुल्क वृद्धि गरेको भन्दै युनियनले तत्काल शुल्क वृद्धि फिर्ता लिन माग गरेको हो । स्थानीय सरकार र प्यावसनको मिलेमतोमा शुल्क वृद्धि गरिएको अनेरास्ववियू क्रान्तिकारीको आरोप छ । शुल्क वृद्धि फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी पनि सो संगठनले दिएको छ