पर्वत : नेपाली कांग्रेस कास्की जिल्ला सभापतिका लागि शनिवार भएको दोस्रो चरणको मतदानबाट किशोरदत्त बराल विजयी भएका छन्।शुक्रवार भएको मतदानको परिणाममा सभापतिका उम्मेदवार रहेका पाँच जनाले नै ५१ प्रतिशत मत ल्याउन नसकेपछि शनिवार दोस्रो चरणमा उच्च मत प्राप्त गरेका बराल र सुदीपमोहन भट्टराईबीच प्रतिस्पर्धा भएको हो।दोस्रो चरणमा भएको मतदानमा खसेका १ हजार ९२६ मतमध्ये बरालले ९९५ र भट्टराईले ९१५ मत प्राप्त गरेका छन्। जसमा बरालको ५१ प्रतिशत मत पूरा भएको छ। कांग्रेसको विधानले जिल्ला सभापति हुन कुल खसेको मतमा ५१