कांग्रेस कास्कीको सभापतिमा संस्थापन पक्षका किशोरदत्त बराल विजयी भएका छन् । दोस्रो चरणको मतदानबाट प्रत्यासी सुदीपमोहन भट्टराईलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । पौडल पक्षका भट्टराई यसअघि जिल्ला सचिव थिए ।
संस्थापन पक्ष बलियो रहेको सुदूरपश्चिममा दलको नेता चयन हुन बाँकी, चारवटा प्रदेशमा शेखर–गगन समूहले उम्मेदवार नै बनाउन सकेन
पार्टी सभापति शेरबहादुर देउवाले सत्ता–राजनीतिको पहल गुमाएपछि आक्रामक रूपमा आएको कांग्रेस संस्थापन इतर समूहलाई प्रदेश...
सर्लाही । सर्लाही कांग्रेसको अधिवेशन अनिश्चित बनेको छ । सर्लाहीको मलंगवा नगरपालिकामा नेपाली कांग्रेस जिल्ला कार्य समितिको सभापति र जिल्ला कार्य समितिको पदाधिकारी सहित ९३ पदका लागि सोमबार हुनुपर्ने मतदान स्थगित भएको हो । कोइराला पक्षका जिल्ला सभापति पदका उम्मेदवार लक्ष्मण रायले वर्तमान सभापति नागेन्द्र कुमार राय र मधेश प्रदेशका महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री […]
The post संस्थापन पक्ष चुनाव हार्ने भएपछि सर्लाही कांग्रेसको अधिवेश स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक.
क्षेत्र नम्बर ३ सहित सर्लाहीमा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत दुई क्षेत्रमा संस्थापन पक्ष विजयी भएको छ। जिल्लाका दुई क्षेत्रमा इतर पक्षले बाजी मारेको छ। शुक्रबार ३ नम्बर क्षेत्रको मत गणना...
पोखरा– नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशनको चरणमा पुगेको छ। जिल्लाका नतिजाहरू आएपछि बिहीबारदेखि प्रदेश अधिवेशन सुरू हुँदैछ। गण्डकीको नवलपुरबाहेक सबै जिल्लामा अधिवेशन सकिएको छ। गण्डकीका ११ जिल्लामध्ये ७ जिल्लामा सभापति शेरबहादुर देउवानिकट नेताहरू सभापति बनेका छन् भने गोरखामा गगन थापा र बागलुङमा कृष्ण सिटौलानिकटका सभापति निर्वाचित भएका छन्। मुस्ताङमा भने वरिष्ठ नेता रामचन्द्र […]
सिन्धुपाल्चोक : नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रमा सिन्धुपाल्चोकमा संस्थापन पक्ष बलियो देखिएको छ। चारवटा प्रदेशसभा रहेको सिन्धुपाल्चोकमा चारवटै समितिको नेतृत्व संस्थापन पक्षको पोल्टामा परेको हो।प्रतिनिधिसभाअन्तर्गत २ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा बुधबार र बिहीबार भएको चारवटै प्रदेशसभा अधिवेशनमा संस्थापन पक्षको वर्चस्व रहेको हो।कार्यसमितिका केही पदाधिकारी र प्रदेश प्रतिनिधिबाहेक अन्यमा संस्थापन पक्षले कब्जा जमाएको छ।प्रतिनिधिसभा १ को प्रदेश सभा ‘क’का अध्यक्षमा
वीरेन्द्रनगर– नेपाली कांग्रेस महाधिवेशनअन्तर्गत सुर्खेतमा भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्रका दुवै क्षेत्रमा संस्थापन पक्षले जितेको छ। क्षेत्र नम्बर १ मा भएको निर्वाचनमा सभापतिमा संस्थापन समूहका झकबहादुर डाँगी विजयी भएका छन्। सचिवमा संस्थापन समूहका मोहन राना र पदमबहादुर खत्री विजयी भए। सहसचिवमा संस्थापन समूहका प्रेमसिंह ठकुरी र यामलाल पङ्गाली विजयी भएका छन्। यस्तै महाधिवेशन प्रतिनिधिमा महामन्त्री पूर्णबहादुर […]
काठमाडौं, भदौ १० । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीशनरसिह केसीले संस्थापन पक्ष वैधानिक रुपमा पार्टी कब्जा गर्न लागेको आरोप लगाएका छन् । मनपरी क्रियाशील सदस्यता थपेर वा कटौती गरेर जिल्ला जिल्लामा कार्यकर्ताबीच झगडा गराउन लागेको उनको तर्क छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले […]