गृहमन्त्री बालकृष्ण खाणले अनागरिकको जीवन बिताइरहेकाहरूलाई नागरिकता दिनका लागि सरकारले नागरिकतासम्बन्धी विधेयक ल्याउनु परेको स्पष्ट पारेका छन् । सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वकै सरकारले ल्याएको विधेयक र अध्यादेश अनुसार नै सो विधेयक ल्याइएको दाबी समेत गरेका हुन् । गृहमन्त्री खाणले बाबुआमा नागरिक भएर पनि सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्न पनि सरकारले सो विधेयक ल्याएर उनीहरूलाई नागरिकता दिलाउन सार्थक प्रयत्न गरेको बताए । उनले