काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत केही मधेशी नेतालाई भुलभुलैयामा पार्न मात्रै नागरिकता विधेयक सम्बन्धी अध्यादेश ल्याएको बताएका छन्। शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै सरकारले दुईपटक सदनबाट पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनले भने, ‘अघिल्लो सरकारले अध्यादेशद्वारा नागरिकता दिने भन्यो। त्यसरी हुँदैन भन्ने थाहा थियो। हाम्रा केही मधेशी नेतालाई भुल