बैतडी : सदरमुकाम गोठलापानीमा सम्पन्न निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविरबाट करिब १२ सय नागरिक लाभान्वित भएका छन्। जिल्ला अस्पताल बैतडीमा चैत १८ गतेदेखि सञ्चालन भएको उक्त शिविरमा १ हजार १८९ जनाले सेवा लिएका हुन्।काठमाडौंको जोरपाटीस्थित नेपाल अर्थोपेडिक हस्पिटल, जिल्ला अस्पताल बैतडी र स्वास्थ्य कार्यालय बैतडीको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो।अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार शिविरमा ८७ जनाको शल्यक्रिया गरिएको छ भने बाँकीले उपचार सेवा लिएका छन्।शिविरमा हाडजोर्नी सम्बन्धी