काठमाडौं : खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले मिर्गौला पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ जना विपन्न विरामीको निःशुल्क शल्यक्रिया गरेको छ।ललितपुर कुपन्डोलस्थित इन्स्टिच्युटले आरुष लाइफस्टाइल अस्पताल तथा रेडक्रिसेन्ट सोसाइटी अफ कुवेतसँग मिलेर मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थिका विरामीका लागि निःशुल्क शल्यक्रिया गरेको हो।इन्स्टिच्युटले पुस १४, १५ र १६ गते नि:शुल्क शल्यक्रिया शिविर आयोजना गरेको थियो। उक्त शिविरबाट मिर्गौलामा पत्थरी भएका २५ जना र प्रोस्टेटको समस्या भएका ६ जना विपन्न विरामीको