पाल्पाको तानसेन नगरपालिकाका महिला गुन्द्रुक उत्पादनमा आकर्षित भएका छन् । शहरी क्षत्रमा गुन्द्रुकको माग बढेपछि महिलाले गुन्द्रुक उत्पादन गर्दै गतिलो आम्दानी पनि गर्न थालेका छन । यहाँका झण्डै २५ घरपरिवार गुन्द्रुक उत्पादन गरी जीविकोपार्जन गर्दै आएका छन् । छापकी तुल्सी कँडेलले मुलाको सागबाट तयार गरिएको गुन्दु्रक मासिक दुई तीन पटक बजार लगेर बिक्री गर्नुहुन्छ । …