बागलुङका स्वास्थ्य संस्थामा डेँगी परीक्षण किट अभाव

धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेँगी परीक्षण गर्ने किट अभाव भएको छ ।

सम्बन्धित सामग्री

एचआईभी परीक्षण किट : किन सधैँको अभाव ?

सरकारले पर्याप्त मात्रामा बजेट विनियोजन नगर्दा एचआईभी परीक्षण किट खरिदका लागि यस वर्ष पनि बजेट अभाव भएको छ । बार्षिक परीक्षणका लागि आवश्यक बजेट २३ करोड चाहिनेमा १० करोड मात्र बजेट विनियोजन हुँदै आएको छ ।  परीक्षणका लागि १३ करोड बजेट अपुग हुने राष्ट्रिय एड्स तथा यौन रोग निन्त्रण केन्द्रका निर्देशक डाक्टर सुधा देवकोटाले बताइन् ।  राष्ट्रिय एड्स तथा यौन रोग निन्त्रण केन्द्र र स्वास्थ्य पत्रकार मञ्चले बिहीबार आयोजना गरेको एचआइभी एड्स तथा यौन रोगसँग सम्बन्धित लान्छना तथा भेदभाव न्यूनीकरण का

कञ्चनपुर डेङ्गुको उच्च जोखिममा, परीक्षण गर्न किट अभाव

काठमाडौँ,१५ भदौ । कञ्चनपुर डेङ्गुको उच्च जोखिममा रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेङ्गु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो । गत साता दोधारा–चाँदनी नगरपालिकामा २० जनामा गरिएको परीक्षणमा चारमा डेङ्गु देखिएको थियो । दोधारा–चाँदनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराका अनुसार भारतबाट आएका चार जनामा डेङ्गु देखिएको हो । “तीन पुरुष […]

अफगानिस्तानमा किटको अभाव , ओमिक्रोन परीक्षणका लागि डब्लूएचओसँग किट माग

काबुल । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको परीक्षण गर्नका लागि अफगानिस्तानमा किटको अभाव भएको छ । किट नहुँदा पर्याप्त परीक्षण गर्न नपाइएको भन्दै अफगानिस्तानले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)सँग किट माग गरेको छ । तालिबान नेतृत्वको सरकारले तीव्र रुपमा फैलिएको ओमिक्रोनको परीक्षणका लागि किट माग गरेको अधिकारीहरुले जनाएका छन् । इरान, पाकिस्तानलगायतका छिमेकी मुलुकहरुमा ओमिक्रोनको […]

रुकुम पश्चिममा आयो झण्डै १० हजार एन्टिजेन किट

रुकुम (पूर्व) : रुकुम पश्चिममा झण्डै दश हजार एन्टिजेन किट आइपुगेको छ।कोरोना परीक्षणका लागि एन्टिजेन किट अभाव भइरहेका बेला पछिल्लो पटक ठूलो मात्रामा एन्टिजेन किट प्राप्त भएको हो। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयबाट रुकुम पश्चिमका लागि मात्रै ९ हजार ७ सय ७५ थान किट आइपुगेको छ।कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री विमला केसी, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्का लगायतको टोली उक्त एन्टिजेन लगायतका सामग्री लिएर रुकुम पश्चिम

किट अभाव हुँदा पाल्पामा कोरोना परीक्षण प्रभावित

पाल्पा – अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा किट अभाव भएपछि कोरोना पाल्पामा परीक्षणको काम रोकिएको छ । किट अभावमा होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमित र कन्ट्याक्ट ट्रेसिङमा परेकाले एक हप्तादेखि परीक्षण गराउन पाएका छैनन् । पाल्पामा कोरोना परीक्षण रोकिएपछि कतिपय भने बुटवल पुगेर परीक्षण गर्न बाध्य भएको अस्पतालका डाक्टर जगदीश कुँवरले जानकारी दिनुभयो । प्रयोगशालामा पीसीआर र आर एन ए एक्ट्रयाक्शन किट सकिएको कुँवरले बताउनुभयाे । एक हप्ता अगाडि स्वास्थ्य आपूर्ति केन्द्र टेकुबाट प्राप्त भएको पाँच सय थान किट द...

सकियो एन्टिजिन किट, केमिकलको पनि अभाव

वीरगंज : कोरोना संक्रमण परीक्षणका लागि आवश्यक सामग्रीको पर्सामा अभाव देखिएको छ। स्वास्थ्य कार्यालय पर्साले दिएको जानकारी अनुसार कोरोना भाइरस परीक्षण किटको अभावले कोरोना संक्रमण नियन्त्रणमा चुनौती थपिएको छ। स्वास्थ्य कार्यालयले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थालाई उपलब्ध गराउने एन्टिजिन किटको पनि अभाव देखिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले…

प्रदेश १ मा एन्टिजेन किट अभाव, पहाडी जिल्लामा परीक्षण गर्न समस्या

प्रदेश १ मा एन्टिजेन किट अभाव भएको छ । स्वास्थ्य विभागबाट न्यून मात्रामा किट प्राप्त भएकाले पहाडी जिल्लामा कोरोना परीक्षणमा समस्या भएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिएका छन्

कचनकवलमा छैन परीक्षण किट र अक्सिजन सिलिन्डर, जाँच्न पनि अन्यत्र जाँदैछन् स्थानीय

झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिकामा एन्टिजेन किट, अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री अभाव भएको छ। पहिलो लहरमा कोरोना भाइरसको ‘हटस्पट’ बनेको जिल्लाकै कचनकवलमा यसपटक स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको हो। अहिले संक्रमण रोकथाम तथा न्यूनीकरण गर्न त्यहाँका स्वास्थ्यकर्मीहरूले समस्या भोगिरहेका छन्‌।करिब दुई महिनाअघि प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय झापामार्फत गाउँपालिकाको स्वास्थ्य शाखालाई १०० थान एन्टिजेन किट उपलब्ध गराएको थियो।

गुल्मीमा एन्टिजेन किट अभाव

गुल्मी : कोरोना संक्रमितको दर बढ्दै गएपछि गुल्मीमा कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव भएको छ। लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको दुई हजार थान किट सकिन लागेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।प्रदेश सरकारले तम्घास अस्पताल र स्वास्थ्य कार्यालयको लागि उपलब्ध गराएको किट स्थानीय तहहरुलाई पनि वितरण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्माले बताए। हालकै अवस्था कायम रहिरहे किट दूई दिनमा सकिने उनको भनाइ छ। स्थानीय तहहरुलाई आवश्यक किट आफैँ खरिद गर्न पत्राचार गरिसकेको शर्माको बता

सल्यानमा एन्टिजेन किट अभाव, पिसिआरकै भर

सल्यान : जिल्लामा कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव भएको छ। जसका कारण कोरोना परीक्षण रोकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। जिल्लामा यसअघि ७ सय ५० किट आएको र पालिकाहरूमा समेत किट वितरण गरिएकाले स्टक सकिएको स्वास्थ्य कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए।एन्टिजेन किट अभाव भएपछि पिसिआर विधिबाट परीक्षण सुरु गरिएको उनले बताए। एन्टिजिन विधिबाट छिटो रिपोर्ट आउँथ्यो, तर पिसिआर गर्दा एक दुई दिन बढी लाग्ने उनले बताए।  प्रदेश सरकारले किट उपल