सरकारले पर्याप्त मात्रामा बजेट विनियोजन नगर्दा एचआईभी परीक्षण किट खरिदका लागि यस वर्ष पनि बजेट अभाव भएको छ । बार्षिक परीक्षणका लागि आवश्यक बजेट २३ करोड चाहिनेमा १० करोड मात्र बजेट विनियोजन हुँदै आएको छ । परीक्षणका लागि १३ करोड बजेट अपुग हुने राष्ट्रिय एड्स तथा यौन रोग निन्त्रण केन्द्रका निर्देशक डाक्टर सुधा देवकोटाले बताइन् । राष्ट्रिय एड्स तथा यौन रोग निन्त्रण केन्द्र र स्वास्थ्य पत्रकार मञ्चले बिहीबार आयोजना गरेको एचआइभी एड्स तथा यौन रोगसँग सम्बन्धित लान्छना तथा भेदभाव न्यूनीकरण का