रुकुम पश्चिममा आयो झण्डै १० हजार एन्टिजेन किट

रुकुम (पूर्व) : रुकुम पश्चिममा झण्डै दश हजार एन्टिजेन किट आइपुगेको छ।कोरोना परीक्षणका लागि एन्टिजेन किट अभाव भइरहेका बेला पछिल्लो पटक ठूलो मात्रामा एन्टिजेन किट प्राप्त भएको हो। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयबाट रुकुम पश्चिमका लागि मात्रै ९ हजार ७ सय ७५ थान किट आइपुगेको छ।कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री विमला केसी, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्का लगायतको टोली उक्त एन्टिजेन लगायतका सामग्री लिएर रुकुम पश्चिम

सम्बन्धित सामग्री

स्वास्थ्य सामग्रीसहित अनुगमनमा निस्कियो प्रदेश स्तरीय टोली

रुकुम । कर्णाली प्रदेश स्तरीय अनुमगन टोली स्वास्थ्य सामग्रीसहित अनुगमनका लागि रुकुम पश्चिम पुगेको छ । टोलीले जिल्लाका ६ वटै स्थानीय तहले सञ्चालन गरेका आइसोलेसन वार्ड, जिल्ला अस्पताल र चौरजहारी अस्पतालको अनुगमन गरेको हो । टोलीले ९ हजार ७ सय ७५ थान एन्टिजेन किट र १२ वटा अक्सिजन सिलिन्डर जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ । कर्णाली प्रदेशकी पूर्वसामाजिक विकासमन्त्री विमला केसी नेतृत्वको टोलीमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. रविन खड्का सहभागी छन् । टोलीले विभिन्न प्रकारका औषधी, मास्क, झुल र कम्बललगायत सामग्री वितरण गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले बताए । टोलीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा जिल्लाको प्रयास उत्कृष्ट रहेको बताएको उनको भनाइ छ । अनुगमनका क्रममा जिल्लामा महामारी नियन्त्रणमा गरिएको प्रयास र व्यवस्थापन राम्रो भएको टोलीको निष्कर्ष छ । कर्णाली प्रदेशमा रुकुम पश्चिममा मृत्यु दर तेस्रोमा छ । पहिलो सुर्खेत, दोस्रो सल्यान र तेस्रोमा रुकुम पश्चिम छ । हालसम्म जिल्ला अस्पतालमा उपचारको क्रममा २१ जनाको मृत्यु भएको छ । जिल्लाभरि २४ जनाले ज्यान गुमाएका छन् । ग्रामीण क्षेत्रमा कोरोनाका लक्षण देखिँदा पनि परीक्षण नगर्ने समस्या रहेको जिल्ला अस्पतालका डा. राजकुमार भुजेलले जानकारी दिए । ‘अरू नै औषधी सेवन गरेर स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै अस्पताल आउने चलन छ,’ उनले भने, ‘अधिकांश बिरामी निमोनियाले ग्रस्त भएपछि र अक्सिजनको मात्रा घटेपछि मात्र अस्पताल आउने गरेका छन् ।’ पूर्वसामाजिक विकासमन्त्री केसीले रुकुम पश्चिममा सबैको सहकार्यमा राम्रो व्यवस्थापनका साथ कोभिड रोकथाम, नियन्त्रण र उपचार भइरहेको बताइन् ।