गुल्मीमा एन्टिजेन किट अभाव

गुल्मी : कोरोना संक्रमितको दर बढ्दै गएपछि गुल्मीमा कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव भएको छ। लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको दुई हजार थान किट सकिन लागेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।प्रदेश सरकारले तम्घास अस्पताल र स्वास्थ्य कार्यालयको लागि उपलब्ध गराएको किट स्थानीय तहहरुलाई पनि वितरण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्माले बताए। हालकै अवस्था कायम रहिरहे किट दूई दिनमा सकिने उनको भनाइ छ। स्थानीय तहहरुलाई आवश्यक किट आफैँ खरिद गर्न पत्राचार गरिसकेको शर्माको बता