पाल्पा – अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा किट अभाव भएपछि कोरोना पाल्पामा परीक्षणको काम रोकिएको छ । किट अभावमा होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमित र कन्ट्याक्ट ट्रेसिङमा परेकाले एक हप्तादेखि परीक्षण गराउन पाएका छैनन् ।
पाल्पामा कोरोना परीक्षण रोकिएपछि कतिपय भने बुटवल पुगेर परीक्षण गर्न बाध्य भएको अस्पतालका डाक्टर जगदीश कुँवरले जानकारी दिनुभयो । प्रयोगशालामा पीसीआर र आर एन ए एक्ट्रयाक्शन किट सकिएको कुँवरले बताउनुभयाे ।
एक हप्ता अगाडि स्वास्थ्य आपूर्ति केन्द्र टेकुबाट प्राप्त भएको पाँच सय थान किट द...