काठमाडौंँ । ख्याति प्राप्त गायक योगेश वैद्य ‘लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।’ विन्ध्यवासिनी म्युजिक अवार्डमा उनलाई सो सम्मान दिइएको हो । स्वास्थ्यका कारण अवार्ड समारोहमा सहभागी हुन नसकेपछि उनलाई उनकै निवासमा पुगेर सम्मान दिइएको थियो ।राजधानीमा सम्पन्न ११ औं संस्करणको अवार्डमा गायिका कुन्ती मोक्तानलाई नगद ५० हजार रुपियाँ सहित संगीत साधना सम्मान, गायिका माण्डवी त्रिपाठीलाई २५ हजार रुपियाँ सहित संगीत रत्न सम्मान र पत्रकार अनन्त वाग्लेलाई नगद २५ हजार रुपैयाँसहित विन्ध्यव