काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा २०७४ सालमा आइजीपी प्रकरणमा विवादमा परे । उनले तत्कालीन डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउन खोज्दा पहिलो नम्बरका तत्कालीन डिआइजी नवराज सिलवालले प्रश्न उठाए । उनी अदालतसम्म पुगे । आइजीपी प्रकरणका नामले चर्चित यो घटनामा चन्द पनि आइजीपी बन्न पाएनन् । दोस्रो नम्बरका डिआइजी प्रकाश अर्यालको भाग्योदय भयो । […]