धीरजप्रताप सिंहलाई आइजीपी बनाउन बाटो खुलाइएको हो ?

काठमाडौं, १७ चैत्र । नेपाल प्रहरीमा भावी आइजीपीको दौड रोचक बनेको छ । आज मन्त्रिपरिषदले डिआइजीहरुमध्येबाट धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआइजीमा बढुवाको निर्णय गरेपछि आइजीपीको दौडमा चारजना देखिएका छन् । त्यसो त आज बढुवा हुनेमा वसन्त पन्त पनि छन् । तर, उनी आइजीपी सैलेश थापा क्षेत्रीका ब्याची हुन् । १९ वैशाख २०७९ मा क्षेत्रीसँगै […]

सम्बन्धित सामग्री

४ दिनको अन्तरमा दुईपटक बढुवाभएपछि नेपाल प्रहरीको महानिरीक्षक बने वसन्त कुँवर

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को आज (शुक्रवार) को बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) पदमा प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई पदोन्नति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले कुँवरलाई आइजिपीमा बढुवा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिएका छन् । यही चैत ६ गतेको निर्णयले उनी एआइजीमा बढुवा भएका थिए । सरकारले उनलाई एआइजीको फूली लगाएको दुई दिनमै आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।  प्रहरी महानिरीक्षकका लागि कुँवरसहित एआइजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा थिए । कुँवर अङ्क तालिकामा १ नम्बरमा थिए । यसपटक भने महानिरीक्षकको नियुक्ति निर्विवाद रूपमा भएको छ ।  हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आजै राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर हदका कारण अनिवार्य अवकासमा जाँदै छन् । काम गर्न सक्ने सक्षम, कमाण्ड गर्न सक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले जो कोहीलाई पनि आइजीपी बनाउन सक्ने कानूनी आधार छन् । अब कुँवरको कार्यकाल आगामी २०८१ चैतसम्मका लागि हुनेछ । रासस