काठमाडौं, १६ वैशाख । नेपाल प्रहरीले अबको मन्त्रिपरिषदबाट नयाँ आइजीपी पाउने भएको छ । १९ वैशाखबाट वर्तमान आइजीपी शैलेश थापा क्षेत्री सेवानिवृत्त हुने निश्चित भएसँगै नयाँ आइजीपी पाउने भएको हो । नयाँ आइजीपी बनाउन सरकारले गृहकार्य थालिसकेको छ । यसका लागि प्रहरी नियमावली अनुसारको मूल्यांकन गृहमा पठाएर त्यहाँबाट मन्त्रिपरिषद्मा पुग्नेछ । मन्त्रिपरिषदले आइजीपी नियुक्त गर्नेछ […]