१२ माघ, काठमाडौं । अमृत साइन्स क्याम्पस (अस्कल)मा शिक्षकहरुबीचको द्वन्द्वले विद्यार्थी मारमा परेका छन् । चलर अफ साईन्स इन कम्प्युटर साईन्स एन्ड इन्फरमेसन टेक्नोलोजी (बीएस्सी सीएसआईटी) पाँचौ र सातौं सेमेष्टरका विद्यार्थी शिक्षकहरूखको आन्दोलनको कारण पढ्न नपाएको बताउँछन् । पाँचौ सेमेष्टरका विद्यार्थी निशान मैनाली पुरै सेमेष्टरभरि जम्मा ३२ दिन पढेर परीक्षाको तयारीमा जुट्न परेको बताउँछन् । […]