काभ्रे : जिल्लाको विकट खानीखोला गाउँपालिका–३ का कृष्णबहादुर थिङ (ढुंगाना) जीवितै छन्। तर उनको १७ वर्ष पहिले नै स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा मृत्यु भएको छाप लागेको छ। त्यति मात्र नभई कृष्णबहादुरको नाममा भएको जग्गासमेत मालपोत कार्यालयबाट अरूकै नाममा पास भइसकेको छ।झट्ट सुन्दा कथा जस्तो लाग्ने, अपत्यारिलो लागे पनि कृष्णबहादुर र उनको परिवारले भोगेको यो यथार्थमा घटना हो। कृष्णबहादुरले खानीखोला–३ का वडाध्यक्ष सागर जिम्बाको सक्रियतामा आफ्नो मृत्यु दर्ता खारेज गरेका छन्। यद्यपि जग्गाबार