झापा – मेचीनगरको बालसुबोधिनी मतदान केन्द्रमा प्रतिनिधि सभाको मतपत्र दिनुपर्ने स्थानमा प्रदेश सभाको मतपत्र दिएपछि विवाद उत्पन्न भएको छ। प्रदेश सभामा रुख र सूर्य चिन्ह नभएको मतपत्र छ। त्यही मतपत्र प्रतिनिधि सभामा बाँडेपछि विवाद उत्पन्न भएपछि केहीबेर विवाद भएको थियो। १९ जनाले मत हालिसकेपछि यो कुरा बाहिर आएको झापा १ का निर्वाचन अधिकृत टंक महतले […]
विद्युतीय मतदानमा विश्वास नगर्दा हरेकपटकको चुनावमा मतपत्र छपाइ, मतदाता शिक्षा र मतगणनामा ठूलो धनराशि र समय खर्च
प्रत्येक निर्वाचनमा विद्युतीय मतदान (इ–भोटिङ)को चर्चा हुने गर्छ । तर, जतिजति निर्वाचनको दिन नजिकिन्छ, यसको...
भैरहवा– जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले १६ वटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम भइरहेको छ । रुपन्देहीको १५५ वटा वडामा मतदाता शिक्षा सहजकर्तालाई १६ वटै पालिकाका अनुगमन अधिकृतहरूले तालिम दिइरहेका छन् । तालिम लिएर उनीहरूलाई निर्वाचनमा सहज रुपमा मतदान गर्ने वातावरण बनाउन र मतदान बदर हुन नदिन वडा स्तरमा पठाइएको छ । उनीहरूले नमुना मतपत्र, मतादाता […]
मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेश गरेकाहरु अस्थायी मतदाता हुनेछन्। अस्थायी बाहेक यहाँ ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेका छन्।...
उनले भने, 'मतदान कसरी गर्ने, कति मतपत्र हुन्छ भन्नेबारे हमी अलमलमा छौँ, मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा मतदान गर्ने तरिकाबारे थाहा हुन सकेको छैन।'...
काठमाण्डाै - कुनै व्यक्तिले आफ्नो नाम ढाँटेर अर्को मतदाताका नाममा मतदान गर्न मतपत्र लिन आएमा उम्मेदवार र दलको प्रतिनिधिले एक सय रुपैयाँ धरौटी राखेर कारबाहीको माग गर्न सक्ने व्यवस्था छ ।
छानबिन गर्दा नाम ढाँटेर मतदान गर्न आएको पाइए तत्काल २५ हजार रुपैयाँसम्म जरिबाना गर्न पाउने अधिकार निर्वाचन आयोगले मतदान अधिकृतलाई दिएको छ ।
मतदान केन्द्रमा मतदाता, उम्मेदवार, निर्वाचन प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, महिला मतदाताका साथमा पाँच वर्षका बालबालिका, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि ...
काठमाडौँ– स्थानीय तहको निर्वाचनमा मतदान हुन जम्मा २० दिन मात्रै बाँकी हुँदा निर्वाचन आयोगले मतदाता शिक्षा सुरु गरेकै छैन। मतदानको समय नजिकिँदै गर्दा भोट कसरी हाल्ने मतदातालाई मतदाता शिक्षामार्फत उपयुक्त जानकारी र तरिका सिकाउने कार्य अझ हुन नसकेको हो। मतदाता शिक्षा दिन आयोगको अलमलकै कारण ढिला भएको हो। जम्मा १५ दिनमात्रै आयोगले मतदाता शिक्षाका लागि […]
काठमाडौं : राष्ट्रिय सभा सदस्यको रिक्त १९ स्थानका लागि आज मतदान हुने भएको छ। बुधबार (आज) बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ। निर्वाचन आयोगले मतदानका लागि सात प्रदेशका आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ। मतदानका लागि स्वास्थ्य मापदण्ड अनिवार्य पूरा गर्नु पर्ने छ। प्रदेशमा कायम रहेका मतदाता सङ्ख्याको १० प्रतिशत बढी मतपत्र पठाइएको आयोगले जनाएको छ। निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछ
काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतपत्र सकिएपछि केहीबेर मतदान रोकिएको छ।नेतृत्व चयनका लागि जारी मतदानका क्रममा मतपत्र सकिएको हो। मतपत्र सकिएपछि मतदान रोकिएको छ।छापिएका मतपत्रहरू आउने क्रममा रहेको र मतपत्र आएपछि पुनः मतदान सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ।घण्टौं लाइनमा बस्दासमेत पालो नआएपछि मतदाता आक्रोशित बनेका छन्।एक जनाले मतदान गर्न करिब पौने घण्टा लाग्ने गर्दछ। दिउँसो पनि मतपत्र सकिएपछि केहीबेर मतदान रोकिएको थियो।