राष्ट्रिय सभा : १९ पदका लागि आज मतदान

काठमाडौं : राष्ट्रिय सभा सदस्यको रिक्त १९ स्थानका लागि आज मतदान हुने भएको छ। बुधबार (आज) बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ। निर्वाचन आयोगले मतदानका लागि सात प्रदेशका आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ। मतदानका लागि स्वास्थ्य मापदण्ड अनिवार्य पूरा गर्नु पर्ने छ। प्रदेशमा कायम रहेका मतदाता सङ्ख्याको १० प्रतिशत बढी मतपत्र पठाइएको आयोगले जनाएको छ। निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछ

सम्बन्धित सामग्री

लुम्बिनीमा आज हुँदै गरेको राष्ट्रिय सभा उपनिर्वाचनका यी हुन प्रतिस्पर्धी

लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा आज मतदान हुँदै छ । प्रदेशमा राष्ट्रिय सभाको एक रिक्त सदस्यका लागि आज मतदान हुन लागेको हो । निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनका घोराहीको कर्मचारी मिलन ...

काठमाडौँ महानगरको कार्यपालिका सदस्य चयनका लागि मतदान सम्पन्न

काठमाडौँ- काठमाडौँ महानगरको कार्यपालिका सदस्य निर्वाचन कार्यक्रम अन्तर्गत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान राष्ट्रिय सभा गृहमा आज मतदान भएको हो । गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै […]

राष्ट्रिय सभा चुनावको मतदान सुरु : जनकपुरमा झडप

काठमाण्डाै – राष्ट्रिय सभा चुनावको मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो तीन बजेसम्म चल्नेछ । फागुनदेखि रिक्त हुने १९ पदका लागि आज मतदान भैरहेको हो । राष्ट्रिय सभा चुनावको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र सकेसम्म आजै नतिजा सार्वजनिक गर्ने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । यसैबीच धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी च...

राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदान हुँदै

काठमाडौं, माघ १२। राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमा आज निर्वाचन हुँदैछ । ती पदमा ४३ जना उम्मेदवारको उम्मेदवारी परेको छ । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर उत्रिएका छन् । उनीहरूले निर्वाचनका लागि पद बाँडफाँड गरिसकेका छन् । यस्तै प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने […]

कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान

काठमाडौं :  नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै छ। विहान ८ बजेदेखि बेलुका पाँच बजेसम्म राष्ट्रिय सभा गृह र नेपाल पुलिस क्लबमा मतदान केन्द्र तोकिएको छ।  निर्वाचनमा २९ प्रकारका मतपत्र व्यवस्था गरिएको छ । मतदानलगत्तै सुरुमा सभापतिको मतगणना गरिनेछ । तीन स्थानमा मतदान केन्द्र र एक हजार एक सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ। राष्ट्रिय सभागृहमा राखिएका २९३ बुथबाट केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ÷शुभेच्छुक संघसंस्था, कर्णाल