मंसिर ४ अघि ७५३ वटै स्थानीय तहमा नमुना मतदान गराउँदै आयोग, नमुना मतपत्र जिल्ला–जिल्लामा

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव अघि निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा नमुना मतदान गराउने भएको छ । त्यसका लागि आयोगले नमुना मतपत्र समेत छापिसकेको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मतपत्र छपाई अघि जनक शिक्षा सामग्री केन्द्रमा मतदाता शिक्षा प्रयोजनका लागि नमुना मतपत्र छपाई गरिएको हो ।निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी निर्वाचनमा बदर मत घटाउनका लागि आयोगले यो कार्यक्रम गर्न लागेको रातोपाटीलाई जानकारी दिए ।   अर्यालले भने, ‘हामीले

सम्बन्धित सामग्री

सर्लाहीका १० पालिकामा नमुना मतदान सम्पन्न

मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा बदर मत कम गराउने उद्देश्यले १० पालिकामा नमुना मतदान गराइएको छ।...

बाराको ४ वटै निर्वाचन क्षेत्रमा नमुना मतदान कार्यक्रम सञ्चालन

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावकारी बनाउन जिल्ला निर्वाचन कार्यालय बाराले जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा नमुना मतदान कार्यक्रम सञ्चालन गरेको छ ।निर्वाचन कार्यालयले आज आइतबार बारा निर्वाचन क्षेत्र नं ३ को कलैयामा नमुना मतदान कार्यक्रम सञ्चालन गर्दैछ भने शनिबार ४ नं क्षेत्रको लागि नेरा मावि सिमरा, शुक्रवार बारा–२ को लागि महागढी नगरपालिका स्थित नमुना मावि र क्षेत्र नं १ को लागि कोहल्वीमा नमुना  मतदान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

बदर मत रोक्न बारामा नमुना मतदान

आसन्न मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा त्रुटि हुन नदिन नमूना मतदान गरिएको छ। मतदानमा खटिने कर्मचारी तथा सुरक्षा निकायलाई निर्वाचनमा हुन सक्ने त्रुटीलाई नमूना मतदान मार्फत देखाइएको...

सिञ्जामा गरियाे नमुना मतदान कार्यक्रम

जुम्ला – मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर जिल्ला निर्वाचन कार्यालयले जिल्लाका दुई स्थानीय तहमा नमुना मतदान कार्यक्रम गरेको छ। सिञ्जा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा नमुना मतदान कार्यक्रम गरिएको उक्त कार्यालय प्रमुख महेश शर्माले जानकारी दिए। सिञ्जामा ३७ जनाले नमुना मतदान गरेकामा आठ मत बदर भएको कनकासुन्दरीमा ४८ जनाले मतदान […]

बदर मत घटाउन धनकुटामा नमुना मतदान

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागी धनकुटामा नमुना मतदान गरिएको छ। जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न नमुना मतदान आयोजना गरेको हो। पशु विज्ञ तथा...

बदर मत घटाउन धनकुटामा नमुना मतदान

धनकुटा : धनकुटामा नमुना मतदान सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न सोमबार नमुना मतदान आयोजना गरेको हो।आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन नमुना मतदान गरिएको कार्यालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए। उनका अनुसार अन्य ६ वटै स्थानीय तहमा पनि नमुना मतदान कार्यक्रम आयोजना गरिने भएको छ।पशु विज्ञ तथा भेटेरीनरी कार्यालयमा आयोजना गरिएको नमुना मतदानमा कर्मचारी, सेवाग्राही, पत्रकार र स्थानीयले नमुना मतदानमा भाग लिएका छन्। नमुना मतदान सहभागीले प्र

धनकुटामा मत बदर कम गर्न नमुना मतदान गरिने

काठमाडौं। धनकुटाका सातवटै स्थानीय तहको केन्द्रमा नमुना मतदान हुने भएको छ। जिल्ला निर्वाचन कार्यालयले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर कम गर्न नमुना मतदान कार्यक्रम आयोजना गर्न लागेको हो। नमुना मतदानमा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, सेवाग्राहीहरु सहभागि हुनेछन्।

धनकुटामा नमुना मतदान हुने

१९ कात्तिक, धनकुटा । धनकुटाका सातवटै स्थानीय तहको केन्द्रमा नमुना मतदान हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न नमुना मतदान कार्यक्रम आयोजना गर्न लागेको हो । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन सात वटै स्थानीय तहको नमुना मतदान आयोजना गर्न लागिएको कार्यालयका प्रमुख जयराम श्रेष्ठले […]

अर्घाखाँचीमा नमुना मतदान

अर्घाखाँची । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले ६ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा नमुना मतदान गरेको जनाएको छ । जसमध्ये शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा नमूना मतदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा […]

कपिलवस्तुको तौलिहवामा नमुना मतदान

आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी कपिलवस्तुको तौलिहवामा नमुना मतदान गरिएको छ।