काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसले नेकपा एमालेको माधवकुमार नेपाल पक्ष एउटा टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउने बताएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारको एक पिल्लर नेपाल पक्षको आन्तरिक जटिलता टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउने बताए ।सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘यो सरकार बन्दै गर्दा चारवटा पिल्लर खडा छ । त्यस मध्येको एउटा पिल्लर माधव नेपालले नेतृत्व गर्नुभएको एमालेको छ । उहाँहरुको आन्तरिक घरायसी जीवनको सन्दर्भमा केही जटिलताहरू रहेको बेलामा