काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारलाई प्राथमिकता नदिएका कारण सरकारले पूर्णता पाउन नसकेको सत्ता साझेदार दलहरुले संकेत गरेका छन्। सत्तारुढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र जनता समाजवादीका शीर्ष नेताहरुले प्रधानमन्त्री देउवाले कुन मन्त्रालय कसलाई दिने भन्ने नटुंग्याएकाले नयाँ सरकार बनेको एक महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताएका छन्।माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रमुख नेताहरुबीच छलफल भइरहे पनि टुंग्याउन नसकेका का