बेलायती महारानी एलिजावेथले दरबारका उच्च सहयोगीहरुलाई कानूनी लडाइँको योजना बनाउने आदेश दिएकी छिन् । बेलायती वेवसाइट द सनमा प्रकाशित समाचारअनुसार नाति ह्यारी र नातिनी बुहारी मेघान मर्केलले एकपछि अर्को खराब टिप्पणी गरेसँगै महारानी हैरान भएकी हुन् । महारानीको कानूनी टिमले मानहानी सम्बन्धी मुद्दाका लागि विज्ञहरुसँग परामर्श लिइरहेको समाचारमा उल्लेख छ । ९५ वर्षीया महारानी नातिको टिप्पणीबाट हतास भइसकेको दरबार निकट स्रोतले जनाएको छ । ‘इनफ इज इनफ भन्ने खाले भावना महारानीबाट व्यक्त भइर