राष्ट्पति विद्यादेवी भण्डारीले दलका नेताहरुसँग पालैपालो परामर्श गरेकी छन् । नागरिकता विधेयकमा असन्तुष्टि जनाउँदै आएकी राष्ट्पति भण्डारीले सोही विषयमा बुधबार सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षलगायतका नेतासँग परामर्श गरेकी हुन् ।दिउँसो माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा नेताहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा र वर्षमान पुनसँग परामर्श गरेकी भण्डारीले साँझ माधव नेपालसँग परामर्श गरेकी हुन् । नेताहरुसँगको भेटमा उनले नागरिकता विधेयकमा राष्ट्रिय स