जनता समाजवादी पार्टी (जसपा) महन्थ पक्षले आज कानून व्यवसायीहरूसँग परामर्श गर्दैछ ।
बबरमहलस्थित तत्कालीन राजपाको कार्यालयमा अपरान्ह ४ बजे कानून व्यवसायीहरूसँग परामर्श गरिने भएको हो ।
निर्वाचन आयोगको फैसलापछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कानून व्यवसायीसँग परामर्श गर्न थालिएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ ।